नेकपा सचिवालय र कार्यदलको संयुक्त बैठक निष्कर्षहीन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
नेकपा सचिवालय र कार्यदलको संयुक्त बैठक निष्कर्षहीन

सारांश

  • काठमाडौं।
  • नेकपाले पार्टी एकता सम्बन्धी विवादास्पद विषयलाई अझै टुंगोमा पुर्याउन सकेको छैन्।
  • कार्यदलले सांगठनिक एकीकरणको प्रस्ताव तयार पार्न ढिलाई गरेपछि एकता सम्बन्धी विषय जस्ताको त्यस्तै छन्।
काठमाडौं। नेकपाले पार्टी एकता सम्बन्धी विवादास्पद विषयलाई अझै टुंगोमा पुर्याउन सकेको छैन्।
कार्यदलले सांगठनिक एकीकरणको प्रस्ताव तयार पार्न ढिलाई गरेपछि एकता सम्बन्धी विषय जस्ताको त्यस्तै छन्। 
बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकमा कार्यदलका संयोजक रामबहादुर थापाले अहिलेसम्म कार्यदलले गरेको कामको प्रतिवेदन बुझाउदै सम्पूर्ण कार्य सम्पन्न गर्नका लागि एक साता समय थप गर्न प्रस्ताव गरेका थिए। बैठकमा संयोजक थापा सहित कार्यदलका सबै सदस्यले बाकी काम सम्पन्न गर्नका लागि केही समय आवश्यक पर्ने भन्दै समय थप्न सचिवालयसँग माग गरेको कार्यदल सदस्य योगेश भट्टराईले जानकारी दिए। 
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा कार्यदलको प्रतिवेदनसंँगै सबै सदस्यहरुबीच छलफल भएपनि कार्यदललाई म्याद थप गर्ने निर्णय भई नसककेकाले शुक्रबार पुन बैठक बस्ने  जानकारी दिए। 
गृहमन्त्री समेत रहेका थापा संयोजकत्वको कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी समिित सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, बर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, रघुवीर महासेठ सदस्य छन्। 

Virus-free. www.avast.com

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?