सूचना दिएवापत कर्मचारीलाई कारवाही भएमा क्षतिपूर्ति

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २९, २०७४
|
|
३० पटक हेरिएको
Shares
सूचना दिएवापत कर्मचारीलाई कारवाही भएमा क्षतिपूर्ति

सारांश

  • विराटनगर,२९ कात्तिक : राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले राज्यप्रणालीको सुदुढीकरण, भ्रष्टाचार नियन्त्रण र मुलुकको आर्थिक समृद्धिमा सूचना हकको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।
  • नेपाल पत्रकार महासंघ मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सञ्चारकर्मीले प्रमाणित दस्तावेज प्रयोग गरी जनतालाई सुसूचित गरेमा विश्वसनीयतामा वृद्धि हुने र यसबाट विश्वमा नेपालको पत्रकारिताको छवि बढ्ने छ भन्नुभयो ।
  • सार्वजनिक सरोकारसँग सम्बन्धित कार्यालयका कर्मचारीलाई सूचना दिएवापत कारबाही भएमा आयोगले सम्बन्धित कार्यालयलाई सचेत गराउनाका साथै कर्मचारीलाई क्षतिपूर्तिको व्यवस्था गरिने विश्वास उहाँले दिलाउनुभयो ।

विराटनगर,२९ कात्तिक : राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले राज्यप्रणालीको सुदुढीकरण, भ्रष्टाचार नियन्त्रण र मुलुकको आर्थिक समृद्धिमा सूचना हकको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सञ्चारकर्मीले प्रमाणित दस्तावेज प्रयोग गरी जनतालाई सुसूचित गरेमा विश्वसनीयतामा वृद्धि हुने र यसबाट विश्वमा नेपालको पत्रकारिताको छवि बढ्ने छ भन्नुभयो ।

सार्वजनिक सरोकारसँग सम्बन्धित कार्यालयका कर्मचारीलाई सूचना दिएवापत कारबाही भएमा आयोगले सम्बन्धित कार्यालयलाई सचेत गराउनाका साथै कर्मचारीलाई क्षतिपूर्तिको व्यवस्था गरिने विश्वास उहाँले दिलाउनुभयो ।

प्रमुख आयुक्तले आयोगले प्रत्येक वर्ष धेरै सूचनाको हक प्रयोग गर्ने पाँच सञ्चारकर्मीलाई रु ३० हजारका दरले पुरस्कृत गर्ने गरेको जानकारीसमेत दिनुभयो ।

पत्रकार महासंघ मोरङ अध्यक्ष बन्धु पोखरेलले जनतालाई सुसूचित गराउन महासंघले आयोगसँग हातेमालो गरी काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा निकट कर्मचारीलार्इ छानी-छानी बर्खास्त !
नेकपा निकट कर्मचारीलार्इ छानी-छानी बर्खास्त !
सातै प्रदेशमा मुख्य निर्वाचन अधिकृत तोकिए (नामावलीसहित)
सातै प्रदेशमा मुख्य निर्वाचन अधिकृत तोकिए (नामावलीसहित)
नागरिकतामाथि प्रश्न उठेका अन्सारी स्वतः अध्यक्ष हुने
नागरिकतामाथि प्रश्न उठेका अन्सारी स्वतः अध्यक्ष हुने
म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा एमालेका भुपेन्द्र थापा विजयी
म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा एमालेका भुपेन्द्र थापा विजयी
नेपाल र बङ्गलादेशको सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्छ : मन्त्री भण्डारी
नेपाल र बङ्गलादेशको सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्छ : मन्त्री भण्डारी
टोर्नाडोलाई नेपालीमा के भन्ने ? चक्रवातदेखि झञ्‍झावातसम्‍म छन् शब्द
टोर्नाडोलाई नेपालीमा के भन्ने ? चक्रवातदेखि झञ्‍झावातसम्‍म छन् शब्द
उदयपुर आँखा अस्पताल निर्माणको लागि जापानी राजदुताबास ले दियो ८८ लाख
उदयपुर आँखा अस्पताल निर्माणको लागि जापानी राजदुताबास ले दियो ८८ लाख
आज शनिबार, यस्तो छ तपाईंको राशिफल
आज शनिबार, यस्तो छ तपाईंको राशिफल
बारामा राजपाको विजयी सुरुवात, देवताल गाउँपालिका अध्यक्ष बने चन्दन
बारामा राजपाको विजयी सुरुवात, देवताल गाउँपालिका अध्यक्ष बने चन्दन
नेपालगञ्जमा सातो लिने गर्मी, ४२ डिग्री पुग्यो तापक्रम
नेपालगञ्जमा सातो लिने गर्मी, ४२ डिग्री पुग्यो तापक्रम

तपाईंले छुटाउनुभयो कि?