चितवनमा प्रत्यक्षतर्फको भन्दा समानुपातिक तर्फको बदर मत प्रतिशत बढी

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ५, २०७४
|
|
३४ पटक हेरिएको
Shares
चितवनमा प्रत्यक्षतर्फको भन्दा समानुपातिक तर्फको बदर मत प्रतिशत बढी

सारांश

  • चितवन।
  • मंसिर २१ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा चितवनमा प्रत्यक्ष तर्फको भन्दा समानुपातिक तर्फको बदर मत प्रतिशत बढी देखिएको छ ।
  • समानुपातिक तर्फ प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा बदर मत बढी देखिएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।

चितवन। मंसिर २१ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा चितवनमा प्रत्यक्ष तर्फको भन्दा समानुपातिक तर्फको बदर मत प्रतिशत बढी देखिएको छ । समानुपातिक तर्फ प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा बदर मत बढी देखिएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।

चितवनमा प्रत्यक्ष तर्फ दुईदेखि तीन दशमलब ७५ प्रतिशतसम्म मत बदर भएको छ भने समानुपातिक तर्फ पाँच प्रतिशतदेखि साढे ११ प्रतिशतसम्म मत बदर भएको छ । चितवनको क्षेत्र नम्बर १ मा प्रत्यक्ष तर्फ दुई प्रतिशत मत बदर भएकोमा समानुपातिक तर्फ नौ दशमलब ४५ प्रतिशत मत बदर भएको छ ।

त्यस्तै क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फ तीन दशमलब १५ प्रतिशतसम्म मत बदर भएकोमा समानुपातिक तर्फ नौ दशमबल ५८ प्रतिशतसम्म मत बदर भएको छ । चितवनको क्षेत्र नम्बर ३ मा प्रत्यक्ष तर्फ तीन दशमलब ७५ प्रतिशत मत बदर देखिएकोमा समानुपातिक तर्फ ११ दशमलब ०५ प्रतिशतसम्म मत बदर भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

चितवनमा समग्रमा प्रत्यक्ष तर्फ प्रतिनिधिसभा निर्वाचनमा दुई दशमलब ९९ प्रतिशत र प्रदेशसभा तर्फ दुई दशमलब ३१ प्रतिशत मत बदर भएको छ । त्यस्तै, समानुपातिक तर्फ प्रतिनिधिसभाका लागि पाँच दशमलब ९१ प्रतिशत र प्रेदशसभामा नौ दशमलब २६ प्रतिशत मत बदर देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?