कांग्रेस विवाद पदाधिकारीले मात्रै मिलाउन सक्छन्?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १७, २०७६
|
|
२३ पटक हेरिएको
Shares
कांग्रेस विवाद पदाधिकारीले मात्रै मिलाउन सक्छन्?

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा देखिएको पछिल्लो विवाद टुंग्याउने जिम्मा पदाधिकारीलाई दिइएको छ।
  • पार्टीका अन्तरिम संरचना गठन गरेर आगामी महाधिवेशनको कार्यतालिका निर्माणको जिम्मा पदाधिकारीलाई दिने सहमति जुटाएको हो।

काठमाडौं। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा देखिएको पछिल्लो विवाद टुंग्याउने जिम्मा पदाधिकारीलाई दिइएको छ। पार्टीका अन्तरिम संरचना गठन गरेर आगामी महाधिवेशनको कार्यतालिका निर्माणको जिम्मा पदाधिकारीलाई दिने सहमति जुटाएको हो। ‘अन्तरिम संरचना निर्माणका लागि पदाधिकारीले शुक्रबार संक्रमणकालीन व्यवस्थाअनुसार प्याकेज लिएर आउने गरी बैठक सकिएको छ,’ एक केन्द्रीय सदस्यले भने, ‘पछिल्लो विवाद मिलाउने जिम्मा पदाधिकारीलाई नै जिम्मा लगाइएको छ ।’

कांग्रेसले शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । शुक्रबार बस्ने बैठकमा पदाधिकारीहरूले अन्तरिम संरचना गठनका लागि आवश्यक पर्ने विधानका धारा निलम्बन, गठन पद्धति, गठन गरिसक्नुपर्ने तिथि र १४ औं महाधिवेशनको तालिकाका बारेमा निकास निकाल्ने गरी प्याकेज बनाएर पेस गर्ने कांग्रेस स्रोतले जानकारी दिएको छ।

कांग्रेसमा साउन ९ गतेबाट लगातार पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरिम व्यवस्था अनुसारको गठनपश्चात् १४औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल हुँदै आएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, महेश आचार्य, डा. मीनेन्द्र रिजाल, धनराज गुरुङ, शंकर भण्डारीले आ–आफ्नो विचार व्यक्त गरेका थिए।

बैठकमा संस्थापन पक्षले छलफल चलिरहेको एजेण्डासँगै थप अन्य तीनवटा एजेण्डा पनि छलफलका लागि पेस गर्न खोजेको थियो। तर, वरिष्ठ नेता पौडेलले छलफल भइरहेको एजेण्डा टुंगो नलगाई अर्को एजेण्डामा प्रवेश गर्न नहुने भन्दै आपत्ति जनाएका थिए। संस्थापन पक्षले बुधबार छलफल भइरहेको एजेण्डासँगै विधानको व्यवस्थाअनुसार क्रियाशील सदस्यता नवीकरण एवं वितरण, पहिलो चरणको राष्ट्रिय जागरण अभियानको प्रतिवेदन प्रस्तुत र केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्य प्रगति विवरण प्रस्तुत गर्ने एजेण्डा पेस गर्न खोजेको थियो।

जारी केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन पक्षले पार्टीका अन्तरिम संरचना गठन गरेर मात्रै महाधिवेशन प्रक्रियामा जान सकिने बताइरहेको छ भने पौडेल समूह बैठकबाटै १४औं महाधिवेशनको मिति तोकेर कार्यतालिका निर्माण गरिनुपर्ने माग गरिरहेको छ । यस्तै, तेस्रो धारका रूपमा चिनिएको नेता कृष्णप्रसाद सिटौला समूहले विधानमा गरिएको प्रावधानअनुरूप संक्रमणकालीन व्यवस्थाअनुसार अन्तरिम संरचना गठन गरेर महाधिवेशनको तयारीमा जुट्नुपर्नेमा जोड दिँदै आएको छ । विधानको संक्रमणकालीन व्यवस्थाअनुसार कांग्रेसमा तल्लो तहका संरचना गठन नगरी महाधिवेशन प्रक्रिया अघि बढाउन नसकिने बाध्यकारी व्यवस्था छ ।

बालकको मुखमा ५२६ को दात कसरी आयो ? (भिडियो सहित)
एउटा व्यक्तिको दाँतमा ३२ दन्त हुन्छ भन्ने सुनिएकै हो । तर, पाँच सय २६ वटा दाँत हुनु आश्चर्यको विषय हो । भारतमा एउटा बालकको मुखमा पाँच सयवटा दाँत भेटिएको छ । मुख दुखेर अस्पताल भर्ना भएका बालकको मुखबाट उक्त संख्याको दाँत फेला परेको हो ।

चेन्नाईको सविथा डेन्टल कलेजमा भर्ना भएका बालकका अभिभावक कतै मुखको क्यान्सर त होइन भनी बालकलाई अस्पताल ल्याएका थिए बङ्गरामा २०० ग्रामको ठूलो संरचना देखेर छक्क परे । १६ साउनमा शल्यक्रिया गरेर झिक्दा पाँच सय संख्याको दाँत भेटिएको थियो ।

५२६ टुक्रा साना दाँतहरु एक मिलिमिटर देखि १५ मिलिमिटर ठूला थिए । ती दाँतहरु झिकिएपछि उनीसँग अब २१ वटा दाँत रहेको छ । बालक तीन वर्षको उमेरमा अस्पताल लगिंदा जाँच गराउन नमानेपछि अभिभावकले फर्काएका थिए ।

यसअघि मुम्बईमा एक किशोरको मुखबाट २३२ दाँत निकालिएको थियो । अहिलेको संख्या किर्तिमान बनेको छ । भारतको विजयकुमारसँग ३७ वटा दाँत छ जुन गिनिज बुकको विश्व किर्तिमानमा दर्ता छ । एजेन्सी

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गरिबले रोजगार पाएको श्रममन्त्रीको दावी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले गरिबले रोजगारी पाएको दाबी गरेका छन् । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमले गरिबको चुलो बाल्न सहयोग गरेको भन्दै खुसी व्यक्त गरेका छन्। बिहीबार श्रम मन्त्रालयमा प्रधानमन्त्री रोजगार कार्यक्रमबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा मन्त्री बिष्टले काम सन्तोषजनक नभए पनि गरिबले रोजगारी पाएको भन्दै खुसी व्यक्त गरेका हुन्।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पहिलो वर्ष १ लाख ७५ हजार ९ सय ९ जनालाई औसत १३ दिन रोजगारी दिइएको छ । पत्रकार सम्मेलनमा ५ सय ९९ स्थानीय तहले सञ्चालन गरेका ६ हजार ८ सय ६४ वटा सामुदायिक आयोजनामा अल्पकालीन रोजगारी दिइएको जनायो ।

मन्त्री बिष्टले यो कार्यक्रमको माध्यमबाट काम नगरी रातारात धनी बन्ने परिपाटी अन्त्य गर्ने दाबी गरे। बिष्टले भने,‘खान नपाउने जनताले खान पाए, यसमा मलाई गौरव छ । उनीहरूका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमले महत्वपूर्ण अवसर दियो, बेरोजगारीलाई भयावहका रुपमा चित्रण गर्ने होइन। रोजगारीका सम्भावनाको कुरा गर्ने हो, हामी त्यही गरिरहेका छौं।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पल शाहले जबर्जस्ती करणी मुद्दामा पाए सफाइ, बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष जेल सजाय
पल शाहले जबर्जस्ती करणी मुद्दामा पाए सफाइ, बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष जेल सजाय
प्रधानमन्त्री ओलीले भिक्षु अश्वघोषलाई अस्पतालमै पुगी भेट, खर्च सरकारले व्यहोर्ने
प्रधानमन्त्री ओलीले भिक्षु अश्वघोषलाई अस्पतालमै पुगी भेट, खर्च सरकारले व्यहोर्ने
विवादित यतीको ‘मस्कट’ हटाइयो
विवादित यतीको ‘मस्कट’ हटाइयो
İdman mərcləri və onlayn kazino 500 Bonus qazanın Giri
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
निर्मला हत्या प्रकरणः न्याय माग्दै प्रधानमन्त्री निवास अगाडि प्रदर्शन
निर्मला हत्या प्रकरणः न्याय माग्दै प्रधानमन्त्री निवास अगाडि प्रदर्शन
ट्रम्प समर्थकले संसद भवनमा कब्जा जमाएपछि अमेरिकामा हिंसा भड्कियो, वासिङ्टनमा संकटकाल
ट्रम्प समर्थकले संसद भवनमा कब्जा जमाएपछि अमेरिकामा हिंसा भड्कियो, वासिङ्टनमा संकटकाल
Приложения MostBet для Android, IOs и Window
एमालेको स्थायी कमिटी बैठक बस्दै
एमालेको स्थायी कमिटी बैठक बस्दै
प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान
प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान

तपाईंले छुटाउनुभयो कि?