पिएम ओली आज सिंगापुर जाँदै, रगतमा समस्या
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर आजदैछन् ।
- सिंगापुरको ‘नेसनल युनिभर्सिटी हस्पिटल’ मा स्वास्थ्य परीक्षण गर्न प्रधानमन्त्री ओली आज शनिबार जाँदै छन् ।
- उनी बेलुका ९ः४५ बजे सिल्क एयरबाट जाने कार्यक्रम छ ।
प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर आजदैछन् । सिंगापुरको ‘नेसनल युनिभर्सिटी हस्पिटल’ मा स्वास्थ्य परीक्षण गर्न प्रधानमन्त्री ओली आज शनिबार जाँदै छन् । उनी बेलुका ९ः४५ बजे सिल्क एयरबाट जाने कार्यक्रम छ । स्वास्थ्य परीक्षण आरामसँगै आरम गर्ने उद्देश्य पनि रहेको छ । प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणबारे मन्त्रिपरिषद् बैठकले औपचारिक निर्णयसमेत गरेको छ ।
स्वास्थ्यमा समस्या थपिएपछि परीक्षणका लागि निजी चिकित्सक डा.दिव्यासिंह शाहसहित सिंगापुर जान लागेका उनी करिब एक साता बस्नेछन् । गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकको सुझावअनुसार उनी थप फलोअपका लागि जान लागेका हुन् । प्रधानमन्त्रीको रगतमा क्रिएटिनिनको मात्रा बढेको छ ।
भारतीय विदेशमन्त्री जयशंकर अगष्टमा नेपाल आउँदै
भारतीय विदेशमन्त्री डा. सुव्रमण्यम जयशंकर यही अगष्टको २४ वा २५ तारिखमा नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय उच्च स्रोतले दिएको जानकारीअनुसार विदेशमन्त्री जयशंकरले नेपाल भ्रमणको गृहकार्य थालिसकेका छन् । उनले आफ्नो पहिलो विदेश भ्रमण भुटानबाट सुरु गरेका थिए ।
उनको नेपाल भ्रमणलाई उच्च महत्वका साथ हेरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै विदेशमन्त्री जयशंकरलाई नेपाल पठाउन लागेका हुन् । नेपाल मामिलाका जानकारसमेत रहेका जयंशकर नेपाली राजनीतिमा अत्यन्तै चर्चित नाम हो ।
भुटान भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले भुटानी प्रधानमन्त्री लोटे छिरिङ र भुटानी समकक्षी टेन्डी दोर्जेसँग भेटवार्ता गरेका थिए । मोदीको ५९ सदस्यीय मन्त्रीपरिषदमा उनी गैरराजनीतिक पृष्ठभूमिबाट मन्त्री बनेका हुन् ।
प्रतिक्रिया