बाबुराम र उपेन्द्रलाई फकाउँदै ओली र प्रचण्ड, मान्लान् त ?
सारांश
- काठमाडौँ, १२ पुस ।
- वाम गठबन्धनका नेताद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनको लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति नेपालका संयोजक डा.
- बाबुराम भट्टराईलाई साथमा लिएर अघि बढ्ने तयारी गरेको नयाँ खुलासा भएको छ ।
काठमाडौँ, १२ पुस । वाम गठबन्धनका नेताद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनको लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई साथमा लिएर अघि बढ्ने तयारी गरेको नयाँ खुलासा भएको छ ।
एमाले अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा नेकपा (माओवादी केन्द्र) सहित मधेशकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठनको पहल गरेको स्रोतको दाबी छ ।
यतिमात्रै नभएर केही दिन अघि ओलीलाई भेट्न पूर्वप्रधानमन्त्री समेत रहेका नयाँ शक्तिका संयोजक बाबुराम बालकोट पुगेका थिए । बाबुरामको उक्त भेटलाई पनि अर्थपूर्ण रुपमा लिईएको छ । नयाँ सरकार गठनको बेला बाबुरामले पनि ओलीलाई समर्थन गर्ने बुभिएको छ ।
एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका दुई वाम पार्टीका शीर्ष नेताहरु सरकार गठन र पार्टी एकतामा अनौपचारिक छलफलमा जुटिरहेका बेला ओली–प्रचण्डले अन्य दल खासगरी उपेन्द्र नेतृत्वको फोरमलाई पनि समेट्न गृहकार्य गरेका छन्।
वाम गठबन्धनका प्रमुख नेताहरुको सल्लाहमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमलाई सँगै लिएर जानु आवश्यक भएको बताउँदै यसले मुलुकको समृद्धि र सरकारको प्रभावकारितामा बल प्रदान गर्ने स्पष्ट गरेका छन् । प्रदेश नं २ मा मधेश केन्द्रित दलले जितेको अवस्थामा उनीहरुप्रति आफूहरुले मिलेर काम गर्ने सन्देश दिनका लागि संवाद गरेको बताए। यस विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओली र फोरमका अध्यक्ष उपेन्द्र यादवबीच एक चरण भेटवार्ता भइसकेको खुलासा भएको छ।
दुई वाम दलको चुनावी गठबन्धनले सुविधाजनक बहुमत ल्याएपछि नेताहरुको जिम्मेवारी बाँडफाँड र सैद्धान्तिक आधारका विषयमा सहमति खोज्न गृहकार्य जारी छ। उनले पार्टी एकताका लागि दुई पार्टीबीचका कार्यदलबाट आउने सुझावबमोजिम साझा सैद्धान्तिक विचार र कार्यक्रम तय हुने जनाए। दुई पार्टीबीच गत असोज १७ मा पार्टी एकता र चुनावी तालमेलको घोषणा भएको थियो।
Bob Gurung
Bahumat napugne vayera hola….
Navaraj Khatri
बामपंथीलाइ नेपाली जन्ताले सरकार चलावस भनेर जनमत दिएकाे हाे यी दुई अबसर बाधि किन ?यी त दुबै चाेर हुन
Sabin Manandhar
Janta Lai po phakaune yesta nathelai pani k phakaune.
Narahari Banjara
yi dui ko kam xaina
lana pardaina
Bıňôđ Šhåhī
na mane dekhi 5 saal paxi party na haraula vanna sakinna naya shakti chahi