किम जोङ उन अर्थात चेन स्मोकर रकेट म्यान
सारांश
- जुलाई ४ २०१७ मा उत्तर कोरियाली आकाशमा उड्दै गरेको अमेरिकी जासूसी उपग्रहले उत्तरी प्योंगानमा विहान एक विमानस्थलमा केही हलचल देख्यो ।
- एउटा ठूलो १६ चक्के ट्रान्सपोर्टर इरेक्टर लन्चरलाई एयरफील्डतर्फ लगिदै थियो ।
- यसको पछाडीतिर एउटा ठूलो मिसाईल थियो ।
जुलाई ४ २०१७ मा उत्तर कोरियाली आकाशमा उड्दै गरेको अमेरिकी जासूसी उपग्रहले उत्तरी प्योंगानमा विहान एक विमानस्थलमा केही हलचल देख्यो । एउटा ठूलो १६ चक्के ट्रान्सपोर्टर इरेक्टर लन्चरलाई एयरफील्डतर्फ लगिदै थियो । यसको पछाडीतिर एउटा ठूलो मिसाईल थियो ।
अघिल्लो एक घण्टामा अमेरिकी खुफिया अधिकारीहरुले निगरानी गरिरहेकै बेला मिसाइललाई सिधा बनाएर लन्चका लागि तयारी गरियो । यो अप्रेशनको अवधीमा अमेरिकी अधिकारीले प्रष्ट देखिरहेका थिए, एक जना व्यक्ति सिगरेट पिउँदै मिसाइल यता उता गरिरहेका थिए ।
एका बिहानै मिसाइलको मुख्य इञ्जिनबाट आवाज आयो । र यो आकाशतर्फ उड्यो । यो मिसाइल करीब तीन हजार किलोमिटको सफर तय गर्दै जापानको समुद्रमा गएर झर्यो । त्यतिबेला किम जोङ उन निकै खुसी देखिएका थिए । मिसाइल परिक्षण पछि जारी गरिएका तस्विरहरुमा उनी खुसी मनाउँदै सेनाका जर्नेलहरुसँग अंकमाल गरिरहेका थिए । उनको हातमा उनको पहिचान बनेको सिगरेट थियो ।
उत्तर कोरियाले दाबी गरे अनुसार उक्त रकेट खासमा नयाँ अन्तरमहादिपिय ब्यालेष्टिक मिसाइल थियो । यसले अमेरिकासम्म मार हान्न सक्थ्यो । र यो किमका तर्फबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ४ जुलाई अर्थात अमेरिकी स्वतन्त्र दिवसको उपहार थियो ।
सन २०११ म सत्तामा आएपछि किमले उत्तर कोरियाको न्यूक्लियर र मिसाइल कार्यक्रमलाई तिव्रता दिए । उनले आफ्ना बाबुले भन्दा निकै कम अवधिमा धेरै मिसाइल टेस्ट गरेका छन् ।
गत नोभेम्बरमा विशाल नयाँ मिसाइल ह्वासान्ग १५ को परिक्षणसँगै यो शिलशिला सकिएको छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनका अनुसार यो मिसाइल निकै हरियार लैजान सक्षम छ । साथै यसको निशानामा पुरै अमेरिका नै आउँछ ।
त्यतिबेला किमले घोषणा गरेका थिए, अब हामीले आफ्नो एटमी शक्ति हासिल गर्यौँ । यो रकेट विकसित गर्नु हाम्रो लागि आवश्यक थियो ।
(बीबीसीको सहयोगमा ।)
प्रतिक्रिया