व्यापार घाटा कम गर्न सरकारले स्वदेशी उत्पादनको निर्यातमा अनुदान बढायो
सारांश
- काठमाडौं, १३ पुस ।
- सरकारले व्यापार घाटा कम गर्न निर्यातजन्य वस्तुहरु उत्पादन गर्ने उद्योगहरुलाई दिदै आएको अनुदान बढाएको छ ।
- नगद अनुदान कार्यविधी संशोधन गरि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्ने प्रयास गरेको छ ।
काठमाडौं, १३ पुस । सरकारले व्यापार घाटा कम गर्न निर्यातजन्य वस्तुहरु उत्पादन गर्ने उद्योगहरुलाई दिदै आएको अनुदान बढाएको छ । नगद अनुदान कार्यविधी संशोधन गरि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्ने प्रयास गरेको छ ।
निर्यातमा नगद प्रोत्साहन सम्बन्धि कार्यविधि २०७० खारेज गरि नयाँ कार्यविधि लागु गरेको हो । स्वदेशी उत्पादनलाई बृद्धिगरि निर्यात बढाउने रणनीति अनुसार नगद अनुदान बढाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भनाई छ । नयाँ कार्यविधि अनुसार औद्योगिक उत्पादनलाई दुई भागमा विभाजन गरिएको छ । जसमध्ये १५ किसिमका उत्पादले कुल निर्यातको ५ प्रतिशत र ११ वटा उत्पादनले ३ प्रतिशत अनुदान पाउने छन् ।
पाँच प्रतिशत अनुदान पाउने उत्पादनहरु :
प्रशोधित चिया, कफी, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला र उत्पादनहरु, हाते कागज र त्यसका सामानहरु, प्रशोधित जडिबुटी, प्रशोधित पत्थर तथा गरगहना, अल्लोबाट उत्पादित सामानहरु, मिनरल वाटर, बेसार, तरकारी, पुष्प, मह, अलैची, अदुवा लगायतका उत्पादनमा ५ प्रतिशत नगद अनुदान उपलब्ध हुने छ ।
तीन प्रतिशत अनुदान पाउने उत्पादनहरु :
स्वदेशमा उतपादित कपडा, तयारी पोशाक, गलैचा र उनीको सामान, पश्मिनाका सामानहरु, जुट तथा जुटका उत्पादनहरु, सुन,चाँदीका गरगहना, अर्धप्रशोधित छाला, औषधि, उनीजन्य वस्तुहरु, पोलिस्टर-कटन यार्न, र तामाका भाडा तथा सामानमा तीन प्रतिशत नगद अनुदान उपलब्ध हुने छ ।
पुरानो कार्यविधिमा १० किसिमका उत्पादनमा २ प्रतिशत र १५ वटा वस्तुमा १ प्रतिशत अनुदान दिने व्यवस्था थियो ।
प्रतिक्रिया