प्रहरी मुठभेडमा चौधरीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
प्रहरी मुठभेडमा चौधरीको मृत्यु

सारांश

  • काठमाडौँ,९ माघ ।
  • सप्तरीको रुपनी गाउँपालिकामा आज प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ ।
  • राजविराज–रुपनी सडकखण्डस्थित रुपनी चोकदेखि एक किलोमिटर दक्षिणतर्फको सडकमा प्रहरीसँग भएको मुठभेडमा सप्तरीको कडरबोनाका ३० वर्षीय दीपेन्द्र चौधरी मारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो ।

काठमाडौँ,९ माघ ।सप्तरीको रुपनी गाउँपालिकामा आज प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ ।राजविराज–रुपनी सडकखण्डस्थित रुपनी चोकदेखि एक किलोमिटर दक्षिणतर्फको सडकमा प्रहरीसँग भएको मुठभेडमा सप्तरीको कडरबोनाका ३० वर्षीय दीपेन्द्र चौधरी मारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो ।

जाँचका क्रममा रोक्न खोजेपछि चौधरीले प्रहरीमाथि गोली फायर गरेका थिए । प्रहरीले जवाफी फायरिङ गर्दा मोटरसाइकल पछाडि बसेका चौधरीको मृत्यु भएको विष्टले बताउनुभयो । प्रहरीलाई देख्नेबित्तिकै चौधरीले फायरिङ गरेका थिए । प्रहरीका तर्फबाट फायरिङ हुँदा मोटरसाइकल पछाडि सवार चौधरी ढलेका थिए भने मोटरसाइकल चालक फरार भए थिए । चौधरीको टाउकोमा गोली लागेको छ । उनको साथबाट एक थान कटुवा पेस्तोलसमेत बरामद गरिएको विष्टले बताउनुभयो ।

माघ २ गते राति प्रहरी चौकी विसनपुरमा कार्यरत प्रहरी हवल्दार महेन्द्र सतरा यादवमाथि हतियारधारी समूह ‘प्रगतिशील तराई मुक्ति मोर्चा समूह’ले गोली प्रहार गरेको थियो । गोली लागेर गम्भीर घाइते यादवको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । सो घटनामा चौधरीको संलग्नता हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोविन्द केसी आजको रात पनि हिरासतमै रहने, भोलिमात्रै बहस
गोविन्द केसी आजको रात पनि हिरासतमै रहने, भोलिमात्रै बहस
आठौंँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने सम्भावना : अध्यक्ष भीम ओली
आठौंँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने सम्भावना : अध्यक्ष भीम ओली
गणतन्त्र दिवसमा पूर्व राजा भने देशबाहिर
गणतन्त्र दिवसमा पूर्व राजा भने देशबाहिर
६ महिनापछि सर्वोच्चले पायो नयाँ प्रधान न्यायाधीश
६ महिनापछि सर्वोच्चले पायो नयाँ प्रधान न्यायाधीश
बर्षा राउतको नयाँ भिडियो सार्वजनिक
बर्षा राउतको नयाँ भिडियो सार्वजनिक
हिमानी ट्रष्टको नाममा ठगि गरेको आरोपमा एक व्यक्ति पक्राउ
हिमानी ट्रष्टको नाममा ठगि गरेको आरोपमा एक व्यक्ति पक्राउ
एकीकृत समाजवादीमा कार्यविभाजन, रामकुमारी बनिन् विद्यार्थी इन्चार्ज
एकीकृत समाजवादीमा कार्यविभाजन, रामकुमारी बनिन् विद्यार्थी इन्चार्ज
एसिया कप क्रिकेटः पाकिस्तान सामु हङ्कङ्काे निरिह प्रदर्शन, पाकिस्तान ८ विकेटले विजयी !
एसिया कप क्रिकेटः पाकिस्तान सामु हङ्कङ्काे निरिह प्रदर्शन, पाकिस्तान ८ विकेटले विजयी !
चेन्नई पन्जाबसँग पराजित
चेन्नई पन्जाबसँग पराजित
समानुपातिक मतगणना: ४९ लाख मतसहित रास्वपाको ऐतिहासिक अग्रता, अन्य दल निकै पछाडि
समानुपातिक मतगणना: ४९ लाख मतसहित रास्वपाको ऐतिहासिक अग्रता, अन्य दल निकै पछाडि

तपाईंले छुटाउनुभयो कि?