आइफोन निर्माण कम्पनी एप्पलले किन माफी माग्यो ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १५, २०७४
|
|
३० पटक हेरिएको
Shares
आइफोन निर्माण कम्पनी एप्पलले किन माफी माग्यो ?

सारांश

  • आइफोनको नयाँ संस्करण सार्वजनिक हुनासाथ एप्पलले आफ्ना पुराना संस्करणका आइफोनको प्रोसेसर ढिलो गराएको पुष्टि भएपछि एप्पलले माफी मागेको हो ।
  • यो आरोप पुष्टि हुनु अघि कम्पनीमाथि लाग्दै आएको यस्तो आरोपलाई एप्पलले अस्वीकार गर्दै आएको थियो ।
  • एप्पलले लिथियम इयानबाट बनेको ब्याट्रीवाला पुराना आइफोन चलिरहेका बेला प्रोसेसरलाई ढिला बनाएको हो ।

आइफोनको नयाँ संस्करण सार्वजनिक हुनासाथ एप्पलले आफ्ना पुराना संस्करणका आइफोनको प्रोसेसर ढिलो गराएको पुष्टि भएपछि एप्पलले माफी मागेको हो । यो आरोप पुष्टि हुनु अघि कम्पनीमाथि लाग्दै आएको यस्तो आरोपलाई एप्पलले अस्वीकार गर्दै आएको थियो । एप्पलले लिथियम इयानबाट बनेको ब्याट्रीवाला पुराना आइफोन चलिरहेका बेला प्रोसेसरलाई ढिला बनाएको हो । अब ती पुराना आइफोनमा ब्याट्री बदल्न पनि एप्पल तयार भएको छ ।

यही विषयलाई लिएर एप्पलमाथि ८ वटा मुद्दा दायर भएको थियो, जुन आरोपलाई पनि एप्पलले स्वीकार गरेको छ । एप्पलले सन २०१८ यस्तो सफ्टवेयर ल्याउने भएको छ जसको माध्यमबाट प्रयोगकर्ताले आफ्नो फोनको ब्याट्रीको अवधि समेत थाहा पाउन सक्नछन् । आफ्नो नयाँ फोनको बिक्रि बढाउन एप्पलले पुरानो फोनलाई सुस्त बनाएको दावी प्रयोगकर्ताले गर्न थाले देखि नै कम्पनीको विश्वव्यापी आलोचना सुरु भएको थियो ।

एप्पलले वारेन्टी सकिएका ब्याट्रीको मुल्य ७९ अमेरिकी डलरबाट २९ डलरमा झार्ने निर्णय पनि गरेको छ । तर यो छुट आइफोन ६ र त्यसपछिका संस्करणमा मात्र हुनेछ

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Budhi Chaudhary Budhi

    I phon 9 kati parage parcha ne

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?