कोरोनाको उपचारपछि निको हुनेको संख्यामा वृद्धि
सारांश
- काठमाडौँ ।
- गत डिसेम्बर महिनामा पहिलो पटक चीनको वुहानमा देखिएको कोरोना भाइरस (भोभिड–१९)को महामारी हाल विश्वका २१० देशमा फैलिएको छ।
- यो महामारीमा परी विश्वभर हालसम्म १९ लाख २३ हजार ८ सय ४८ जना मानिस संक्रमित भएको पुष्टी भएको छ ।
काठमाडौँ । गत डिसेम्बर महिनामा पहिलो पटक चीनको वुहानमा देखिएको कोरोना भाइरस (भोभिड–१९)को महामारी हाल विश्वका २१० देशमा फैलिएको छ।
यो महामारीमा परी विश्वभर हालसम्म १९ लाख २३ हजार ८ सय ४८ जना मानिस संक्रमित भएको पुष्टी भएको छ । संक्रमितमध्ये यो समाचार तयार पार्दासम्म ४ लाख ४५ हजार ५ जना कोरोनाको लडाई जितेर घर फर्किसकेका छन्।
कोरोनाको उद्गमस्थल मानिएको चीनमा सबैभन्दा धेरै मानिस उपचारपछि घर फर्किएका छन् । चीनमा हालसम्म ७७ हजार ७ सय ३८ जना मानिस उपचारपछि घर फर्किएका छन् ।
यसैगरी जर्मनीमा ६४ हजार तीन सय, अमेरिका ३६ हजार ९ सय ४८, ६४ हजार ७ सय २७, इटली ३५ हजार ४ सय ३५, फ्रान्स २७ हजार ७ सय १८ र इरानमा ४५ हजार ९ सय ८३ जना उपचारपछि घर फर्किएका छन् । अन्य देशको विवरण तलको तालिकामा उल्लेख छ ।
विश्वका २१० देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरसको महामारीबाट यो समाचार तयार पार्दासम्म १ लाख १९ हजार ६ सय २१८ जना मानिसको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वमा ५ हजार ४ सय २३ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया