आमाको सम्मान गरी आज वैशाख कृष्ण औँसी मनाइँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३, २०७५
|
|
३१ पटक हेरिएको
Shares
आमाको सम्मान गरी आज वैशाख कृष्ण औँसी मनाइँदै

सारांश

  • काठमाडौं, ३ वैशाख – ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी।
  • ’ ‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति।
  • ’ ‘मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव:’ आमाको महत्वलाई संस्कृतका विभिन्न श्लोकमा यसरी वर्णन गरिएको छ, आज वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व मनाइँदैछ ।

काठमाडौं, ३ वैशाख –
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी।’
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति।’
‘मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव:’ आमाको महत्वलाई संस्कृतका विभिन्न श्लोकमा यसरी वर्णन गरिएको छ,

आज वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व मनाइँदैछ । सधैंभरि सम्मान गर्नुपर्ने आमालाई आज विशेष दिनको रुपमा सम्मान गर्ने गरिन्छ । आजको दिनमा जन्म दिने आमालाई मीठामीठा परिकार सहितका गिफ्ट दिएर आमाको आशीर्वाद थाप्ने चलन छ।

शास्त्रमा पिताभन्दा ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ। यसपटक सोमबार औंसी परेको छ । सोमबारे औँसीमा बिहानै उठेर नबोली स्नान गरेमा सुख शान्ति हुने धर्मशास्त्रमा उल्लेख छ ।

वैशाख कृष्णपक्ष औँसीका दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन्। आमा नहुनेहरुका लागि तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्।

शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नैपर्छ भनिएको छ। पितृ ऋण तिर्न मातापितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने मृत्युपश्चात् श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ। आजको दिन दिवंगत आमाको सम्झनामा काठमाडौंस्थित थानकोट मातातीर्थमा मेला लाग्न गर्छ । मातातीर्थमा आजको दिनमा पूर्जा गर्नेको भीड हुने गर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ढुंगा बन्दै आठ वर्षका मेहन्दीको शरीर
ढुंगा बन्दै आठ वर्षका मेहन्दीको शरीर
युवराज सिंहले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास
युवराज सिंहले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास
प्रधानमन्त्री ओलीको योजनालाई सघाएर काम गर्न तयार छौँ : राजदूत रिचर्ड
प्रधानमन्त्री ओलीको योजनालाई सघाएर काम गर्न तयार छौँ : राजदूत रिचर्ड
प्रदेश न ३ मा अनुदान रोक्का गरिने
प्रदेश न ३ मा अनुदान रोक्का गरिने
माघे संक्रान्तिको शुभकामना दिदै प्रम ओलीले भने पर्वहरुका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन्
माघे संक्रान्तिको शुभकामना दिदै प्रम ओलीले भने पर्वहरुका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन्
डेंगु सङ्क्रमणबाट एक बालिकाको मृत्यु
डेंगु सङ्क्रमणबाट एक बालिकाको मृत्यु
प्रतिबन्धित भारु पाँच सय र दुई हजारका नोट चल्तीमा
प्रतिबन्धित भारु पाँच सय र दुई हजारका नोट चल्तीमा
वामदेवलाई फेरि धोका, राष्ट्रियसभामा उनको साटो युवराज खतिवडाको नाम
वामदेवलाई फेरि धोका, राष्ट्रियसभामा उनको साटो युवराज खतिवडाको नाम
हावा चल्दा हल्लिने पातको पछाडि लाग्नुहुन्न : प्रधानमन्त्री ओली
हावा चल्दा हल्लिने पातको पछाडि लाग्नुहुन्न : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध अख्तियारमा उजुरी
प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध अख्तियारमा उजुरी

तपाईंले छुटाउनुभयो कि?