कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २७, २०८१
|
|
२६ पटक हेरिएको
Shares
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

सारांश

  • काठमाडौं।
  • कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
  • जिल्ला अदालत, काठमाडौंले मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

काठमाडौं। कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। जिल्ला अदालत, काठमाडौंले मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

आइतबार पक्राउ परेका अधिकारीलाई यसअघि २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो। त्यसबेला अन्य अभियुक्तसँगै म्याद मिलान गर्न अदालतले २ दिन अनुमति दिएको थियो।

यो घटनामा सोमबार पनि दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ओखलढुंगाका गुढी राई र नविन राई छन्। उनीहरुले जापान जानलाई तीन युवाका लागि नक्कली सरकारी कागजात बनाइदिएको पाइएको उनको भनाइ छ।

मन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै ११ कात्तिकमा जापान उडेका थिए।

तर, उनीसँगै जापान गएका खोटाङको केपीलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटा नारिता विमानस्थलको अध्यागमनमा केरकारमा परेका थिए ।

त्यसक्रममा यो प्रकरणमा संलग्नता देखिएपछि नुवाकोटका २२ वर्षीय जुगल रिजाल, दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाका ३४ वर्षीय महेश पाण्डे समेत पक्राउ परेका थिए ।पछि यो मामलामा पूर्वमन्त्री अधिकारी पनि पक्राउ परेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुम्बनका यी १३ प्रकार तपाईंलाई थाहा थियाे ?
चुम्बनका यी १३ प्रकार तपाईंलाई थाहा थियाे ?
बृहत पोखरा सफाई अभियान फेवाताल किनारमा सम्पन्न
बृहत पोखरा सफाई अभियान फेवाताल किनारमा सम्पन्न
शङ्कराचार्य निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन
शङ्कराचार्य निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन
आज डलरको मुल्य कति ?
आज डलरको मुल्य कति ?
राप्तीको सर्वाङ्गीण विकासमा सबै क्षेत्रका राप्तीवासी एकजुट हुनुपर्छ : निलाम्बर आचार्य
राप्तीको सर्वाङ्गीण विकासमा सबै क्षेत्रका राप्तीवासी एकजुट हुनुपर्छ : निलाम्बर आचार्य
झापामा ओलीसँग विश्वप्रकाशलाई उठाउने कांग्रेसको तयारी
झापामा ओलीसँग विश्वप्रकाशलाई उठाउने कांग्रेसको तयारी
आज आइतबार, कस्तो छ तपाईंको राशिफल?
आज आइतबार, कस्तो छ तपाईंको राशिफल?
कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन : प्रधानमन्त्री साह
हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन : प्रधानमन्त्री साह
गर्लफ्रेण्डका लागि राजपाठ नै छोड्न तयार जंगबहादुर राणाका १० रोचक किस्सा
गर्लफ्रेण्डका लागि राजपाठ नै छोड्न तयार जंगबहादुर राणाका १० रोचक किस्सा

तपाईंले छुटाउनुभयो कि?