श्रीमती सुन्दरीका प्रतियोगीहरुले देखाए यस्तो भित्री प्रतिभा (फोटोफिचर)

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १५, २०७४
|
|
१९ पटक हेरिएको
Shares
श्रीमती सुन्दरीका प्रतियोगीहरुले देखाए यस्तो भित्री प्रतिभा (फोटोफिचर)

सारांश

  • काठमाडौ, १५ पुस ।
  • सिजन मिडियाले पहिलोपटक विवाहित महिलाहरुलाई लक्षित गरी आयोजना गरेको “लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल”मा सहभागी भएका २६ जना प्रतियोगीहरुले आज सिडव्लु पार्टी प्यालेसमा आफ्नो आन्तरिक प्रतिभा देखाएका छन् ।
  • कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक राजेन्द्र राई, कोरियोग्रफर रोजीन शाक्य, मिस टिन कलेज २०१५ की विजेता कुसुम थापा निर्णायक मण्डलमा रहेका थिए ।

काठमाडौ, १५ पुस । सिजन मिडियाले पहिलोपटक विवाहित महिलाहरुलाई लक्षित गरी आयोजना गरेको “लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल”मा सहभागी भएका २६ जना प्रतियोगीहरुले आज सिडव्लु पार्टी प्यालेसमा आफ्नो आन्तरिक प्रतिभा देखाएका छन् । कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक राजेन्द्र राई, कोरियोग्रफर रोजीन शाक्य, मिस टिन कलेज २०१५ की विजेता कुसुम थापा निर्णायक मण्डलमा रहेका थिए ।

आन्तरिक प्रतिभा प्रस्तुतिमा ज्ञानेश्वरी श्रेष्ठले माइतिघर बोलको गीतमा, निशा तामाङले गैरीखेतको सिरै हान्यो बोलको गीतमा आफ्नो प्रस्तुति दिएकी थिइन् । शान्ति लिम्बुले मारुनी नृत्य देखाएकी थिइन् भने भूमा सापकोटा, सीमा देवकोटा, गीता चालिसे, ज्योति बस्नेत, टासी डोल्मा शेर्पा, कृष्टी क्षेत्री, सफला ताम्राकारले पनि विभिन्न नेपाली गीतमा नृत्य गरेर आफ्नो अभिभावकलाई मनोरन्जन प्रदान गरेका थिए । त्यस्तै सिर्जना श्रेष्ठ, अम्बिका थापा, कल्पना बराल, सुनीता मिश्र, संघर्ष थापाले विभिन्न विषयमा बोलेका थिए । विष्णुमाया पौडेल, राधिका थापा, तेजकला सुब्बा, दीपिका रोय, सुदीक्षा आचार्यले भने नेपाली गीत गाएर सबैलाई मन्त्रमुग्ध बनाएका थिए । इश्वरी श्रेष्ठ तामाङले आमा विषयमा कविता वाचन गरेकी थिइन् भने मीना राइले मुक्तक सुनाई दर्शकलाई लट्ठ बनाएकी थिइन् । सुजना लामाले पेपर कटिङ गरेर विभिन्न फूलहरु बनाएकी थिइन् ।

उक्त प्रतियोगिताको अन्तिम कार्यक्रम पुस २० गते राष्ट्रिय नाचघर जमलमा सम्पन्न हुनेछ । उक्त प्रतियोगिताका विजेताले लेट मि इन मिसेस व्यूटी क्वीन नेपालको उपाधिसहित रु १ लाख ७५ हजार बराबरको टिभिएस स्कुटर, लेट मि इनको तर्फबाट १ लाख ५० हजार बराबरको गिफ्ट भौचर प्रदान गरिने छ र ४ दिने मलेसिया भ्रमण प्याकेजका साथै विभिन्न उपहारहरु पाउने छन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः रु २५ हजार बराबरको लाभा मोवाइल फोनका साथै लेट मि इनको तर्फबाट १ लाख र ५० हजार बराबरको गिफ्ट भौचर र विभिन्न उपहारहरु प्राप्त गर्ने छन् । ४ दिने मलेसिया भ्रमण प्याकेज साथै विभिन्न उपहारहरु पाउने छन् । यस बाहेक अन्य विभिन्न १४ विधामा पनि विजेता छनौट गरिने छ ।        

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?