झापामा पाँच लाख ८५ हजार २२८ मतदाता

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २५, २०७४
|
|
३१ पटक हेरिएको
Shares
झापामा पाँच लाख ८५ हजार २२८ मतदाता

सारांश

  • भद्रपुर, २५ असोज  आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि झापामा कुल पाँच लाख ८५ हजार २२८ मतदाता रहेका छन् ।
  • तीमध्ये महिला दुई लाख ९६ हजार ३६२, पुरुष दुई लाख ८८ हजार ८५७ र तेस्रो लिङ्गी नौ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
  • पछिल्लो निर्वाचन क्षेत्र निर्धारणअनुसार पाँचवटा निर्वाचन क्षेत्र कायम भएको यस जिल्लामा निर्वाचन क्षेत्र नं १ मा कुल एक लाख पाँच हजार ४७५ मतदाता रहेका छन् ।

भद्रपुर, २५ असोज  आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि झापामा कुल पाँच लाख ८५ हजार २२८ मतदाता रहेका छन् ।

तीमध्ये महिला दुई लाख ९६ हजार ३६२, पुरुष दुई लाख ८८ हजार ८५७ र तेस्रो लिङ्गी नौ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

पछिल्लो निर्वाचन क्षेत्र निर्धारणअनुसार पाँचवटा निर्वाचन क्षेत्र कायम भएको यस जिल्लामा निर्वाचन क्षेत्र नं १ मा कुल एक लाख पाँच हजार ४७५ मतदाता रहेका छन् । तीमध्ये महिला ५२ हजार ८४६ छन् ।

त्यस्तै निर्वाचन क्षेत्र नं २ मा ६० हजार १४५ महिला र पाँचजना तेस्रो लिङ्गी गरी कुल एक लाख १८ हजार २०४, निर्वाचन क्षेत्र नं ३ मा महिला ५७ हजार ५७० सहित एक लाख १४ हजार ५८६, निर्वाचन क्षेत्र नं.४ मा महिला ५५ हजरा २०७ र तेस्रो लिङ्गी एकजना गरी कुल एक लाख नौ हजार ४०१ तथा निर्वाचन क्षेत्र नं ५ मा महिला ७० हजार ५८४ र तेस्रो लिङ्गी तीन जना गरी कुल एक लाख ३७ हजार ५६५ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले जानकारी दिनुभयो ।

यसैगरी, निर्वाचनलाई स्वच्छ, शान्ति र एवं धाँधलीरहित सम्पन्न गर्न पाँचवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकिएकोे उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?