माग गर्दै मन्दिरमा पानीको जाग्राम !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २७, २०७४
|
|
३३ पटक हेरिएको
Shares
माग गर्दै मन्दिरमा पानीको जाग्राम !

सारांश

  • बैतडी, २७, पुस लामो समय देखि खडेरी परे पछि बैतडीको सुर्नया गाउँपालिका–४ का किसानले बाजागाजा सहित पानीको माग गर्दै प्रसिद्ध रौलाकेदार मन्दिरमा बुधबार देखि जाग्राम तथा पूजाआजा थालेका छन् ।
  • पानीको माग गर्दै उनीहरु रौलाकेदार मन्दिरमा जाग्राम बसेको सुरेन्द्र बहादुर महराले जानकारी दिए ।
  • बुधबार रातभर रौलाकेदार मन्दिरमा जाग्राम बस्ने र विहिबार बिहान प्रार्थना गर्ने कार्यक्रम राखेका छौँ, उनले भने, “यो भन्दा पहिले पनि खडेरी पर्दा रौलाकेदार मन्दिरमा जाग्राम तथा पूजाआजा गरेपछि पानी परेकाले मन्दिरमा धाएका हौँ ।

बैतडी, २७, पुस
लामो समय देखि खडेरी परे पछि बैतडीको सुर्नया गाउँपालिका–४ का किसानले बाजागाजा सहित पानीको माग गर्दै प्रसिद्ध रौलाकेदार मन्दिरमा बुधबार देखि जाग्राम तथा पूजाआजा थालेका छन् ।

पानीको माग गर्दै उनीहरु रौलाकेदार मन्दिरमा जाग्राम बसेको सुरेन्द्र बहादुर महराले जानकारी दिए । बुधबार रातभर रौलाकेदार मन्दिरमा जाग्राम बस्ने र विहिबार बिहान प्रार्थना गर्ने कार्यक्रम राखेका छौँ, उनले भने, “यो भन्दा पहिले पनि खडेरी पर्दा रौलाकेदार मन्दिरमा जाग्राम तथा पूजाआजा गरेपछि पानी परेकाले मन्दिरमा धाएका हौँ ।”

लामो समय देखि खडेरी परेका कारण रौलाकेदारमा जाग्राम बसेमा पानी पर्ने जनविश्वास रहि आएको छ । समयमा पानी नपरेका कारण यो वर्ष हिउँदे बालीको उत्पादनमा कमी आउने देखिएको छ ।

हिउँद महिना शुरु भएसँगै पानी नपर्दा बैतडीका केही ठाउँमा अझै गहुँ छर्न बाँकी रहेको छ भने गहुँ छरेको ठाउँमा सुक्न थालेका छन् ।

यसअघि गत वर्ष पनि लामो समय सम्म खडेरी परे पछि पानी माग गर्दै बैतडीको सुर्नयाका स्थानीय बासिन्दाले प्रसिद्ध रौलाकेदार र दशरथचन्द नगरपालिका–१ देवलहाटमा रहेको पञ्चदेवलमा शिव भगवानको पूजाआजा गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेविसंघका अध्यक्ष महरलाई पाँच उपाध्यक्षहरुको यस्तो चेतावनी
नेविसंघका अध्यक्ष महरलाई पाँच उपाध्यक्षहरुको यस्तो चेतावनी
पोखरामा प्याराग्लाइडिङ दुर्घटना, रसियन नागरिकको मृत्यु
पोखरामा प्याराग्लाइडिङ दुर्घटना, रसियन नागरिकको मृत्यु
बाआमाका नाममा रु एक लाख अक्षयकोष
बाआमाका नाममा रु एक लाख अक्षयकोष
चौधरीलाई जेलभित्रै सपथको कुरा चल्दा, टीकापुरमा मारिएका डेढ वर्षे बालकका हजुरबा, आमा चिन्तित
चौधरीलाई जेलभित्रै सपथको कुरा चल्दा, टीकापुरमा मारिएका डेढ वर्षे बालकका हजुरबा, आमा चिन्तित
गोपाल पराजुली हत्यारा हुन्, पदमुक्त नगरी छाड्दिन
गोपाल पराजुली हत्यारा हुन्, पदमुक्त नगरी छाड्दिन
जबरजस्ती करणीमा सर्वश्वसहित आजीवन कैद !
सिटिजन्स बैंकको प्रायोजनमा टिच फर नेपालको वाकाथन हुने
सिटिजन्स बैंकको प्रायोजनमा टिच फर नेपालको वाकाथन हुने
संविधान बनाउँदा नेपाली कांग्रेसका नेता गाँजा खाएर बसेका थिए ? (चर्काचर्की भिडियो)
संविधान बनाउँदा नेपाली कांग्रेसका नेता गाँजा खाएर बसेका थिए ? (चर्काचर्की भिडियो)
वित्तीय जवाफदेहिता सुनिश्चित गर्न आर्थिक कार्यविधि ऐन ल्याइने
वित्तीय जवाफदेहिता सुनिश्चित गर्न आर्थिक कार्यविधि ऐन ल्याइने
प्रिमियर लिगः लिभरपुलको लगातार दोस्रो जित
प्रिमियर लिगः लिभरपुलको लगातार दोस्रो जित

तपाईंले छुटाउनुभयो कि?