सिटिजन्स बैंकको प्रायोजनमा टिच फर नेपालको वाकाथन हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १४, २०७५
|
|
५३ पटक हेरिएको
Shares
सिटिजन्स बैंकको प्रायोजनमा टिच फर नेपालको वाकाथन हुने

सारांश

  • काठमाडौं, १४ असार ।
  • ग्रामीण क्षेत्रका विद्यार्थीहरु दैनिक २ देखि ४ घण्टा हिडेर विद्यालय जानुपर्ने बाध्यताको प्रतीकका रुपमा टिच फर नेपालले सिटिजन्स बैँकको प्रायोजनमा असार १६ गते तेस्रो वाकाथनको आयोजना गर्दैछ ।
  • कुटुम्बले साँगीतिक प्रस्तुति दिने यस कार्यक्रममा १५ सय भन्दा बढी पेशाकर्मी तथा विद्यार्थीहरू सहभागी हुने बताइएको छ ।

काठमाडौं, १४ असार । ग्रामीण क्षेत्रका विद्यार्थीहरु दैनिक २ देखि ४ घण्टा हिडेर विद्यालय जानुपर्ने बाध्यताको प्रतीकका रुपमा टिच फर नेपालले सिटिजन्स बैँकको प्रायोजनमा असार १६ गते तेस्रो वाकाथनको आयोजना गर्दैछ । कुटुम्बले साँगीतिक प्रस्तुति दिने यस कार्यक्रममा १५ सय भन्दा बढी पेशाकर्मी तथा विद्यार्थीहरू सहभागी हुने बताइएको छ ।

ललितपुरको लबिम मलबाट सुरु हुने उक्त वाकाथन कोपुन्डोल, माइतीघर, भद्रकाली, त्रिपुरेश्वरबाट सोही रुट हुँदै लबिम मलमा साँगीतिक कार्यक्रममा परिणत हुने छ । कार्यक्रममा सहभागीहरूले ५ किलोमिटर पदयात्रा गर्ने छन् ।

“हाम्रा विद्यार्थीहरू दैनिक ५ किलोमिटर हिडेर विद्यालय आउने गर्छन् । त्यही कठिनाइको अनुभूत गराउन र शिक्षाको महत्व बुझाउन वाकाथानको आयोजना गरिएको हो”, टिच फर नेपाल भर्ना तथा छनोट विभागका जिग्मे शेर्पाले बताए । उनले यो कार्यक्रमले टिच फर नेपालको अभियानमा युवाहरु अझै जागरुक भएर लाग्नेमा आफू विश्वस्त रहेको बताए ।

“नेपालमा शैक्षिक असमानता विद्यमान छ । हामी सबैले शिक्षामा परिवर्तन चाहन्छौं तर परिवर्तन एक्लैले गर्न मुस्किल छ । यो परिवर्तनको प्रक्रियामा हामीलाई युवाहरुको साथ आवश्यक छ”, टिच फर नेपालका मुख्य कार्यकारी अधिकृत शिशिर खनालले भने । “वाकाथनले जुलाई १ बाट सुरू हुने टिच फर नेपालको २०१९ को प्रज्ञार्थी भर्ना र छनोटमा पनि सहयोग गर्ने र ती प्रज्ञार्थीले नै ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्यापन गराई नेपालमा रहेको शैक्षिक असमानता लगायत सामाजिक समस्याको विरुद्ध आवाज उठाउने” विश्वास व्यक्त गरे ।

वाकाथनमा भाग लिन एक हजार रुपैयाँ सहयोग रकम संकलन गर्नुपर्ने र उक्त रकम टिच फर नेपालले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि प्रयोग गर्ने आयोजकले बताएको छ । टिच फर नेपालको तेस्रो वाकाथनको सहयोगी संस्थाका रुपमा बुद्ध एयर रहेको छ ।

कार्यक्रम विवरण :
मिति : २०७५ असार १६ गते शनिबार (३० जुन २०१८)
सुरु हुने स्थान : लबीम मल, पुल्चोक, ललितपुर
समय : ११ बजेदेखि
मिडिया सम्पर्क : निरज तुलाधर, ९८६१४८६१००

टिच फर नेपालबारे
टिच फर नेपाल सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न क्रियाशील एक शैक्षिक अभियान हो । यसले आफ्नो अभियानलाई शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरूसँगको समन्वयमा विगत २०७० देखि ललितपुर, २०७१ देखि सिन्धुपाल्चोक, २०७२ देखि धनुषा र २०७५ देखि दाङ, लम्जुङ, पर्सा गरी ६ वटा जिल्लाहरुमा सञ्चालन गर्दै आएकोे छ ।

यस अभियानको लागि यस संस्थाले विद्यालयसँगको साझेदारीमा विभिन्न विश्वविद्यालयहरूबाट स्नातक उत्तीर्ण युवाहरुलाई छनौट तथा तालिमपश्चात अंग्रेजी, गणित र विज्ञान शिक्षकका रूपमा उपलब्ध गराउँदै आएको छ । हाल ललितपुर, सिन्धुपाल्चोक, धनुषा, दाङ, लम्जुङ र पर्साका जम्मा ५१ सामुदायिक विद्यालयहरूमा यो अभियान सञ्चालित छ । जसमा १११ जना प्रज्ञार्थी शिक्षकहरू कार्यरत हुनुहुन्छ । यस कार्यक्रमका लागि विभिन्न संघ, संस्था तथा व्यक्तिले विभिन्न प्रकारका सहयोगहरू गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?