संविधान बनाउँदा नेपाली कांग्रेसका नेता गाँजा खाएर बसेका थिए ? (चर्काचर्की भिडियो)

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १९, २०७५
|
|
५६ पटक हेरिएको
Shares
संविधान बनाउँदा नेपाली कांग्रेसका नेता गाँजा खाएर बसेका थिए ? (चर्काचर्की भिडियो)

सारांश

  • काठमाण्डौ, १९ साउन ।
  • प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएपछि कानूनविदहरुको मत बाझिएको छ ।
  • संसदीय सनुवाई समितिले प्रधानन्याधीशमा जोशीको नाम अस्वीकृत गरे लगत्तै नेपाल बार एशोसिएसनले स्वतन्त्र न्यायपालिकामाथि ठाडो हस्तक्षेप भएको प्रतिक्रिया दिएको छ ।

काठमाण्डौ, १९ साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएपछि कानूनविदहरुको मत बाझिएको छ । संसदीय सनुवाई समितिले प्रधानन्याधीशमा जोशीको नाम अस्वीकृत गरे लगत्तै नेपाल बार एशोसिएसनले स्वतन्त्र न्यायपालिकामाथि ठाडो हस्तक्षेप भएको प्रतिक्रिया दिएको छ । नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले जोशीलाई बहुमतले अस्विकृत गर्नु दुर्भाग्यपूर्ण भएको बताए । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै केसीले सत्तापक्षले खेदजनक काम गरेको आरोप लगाए ।

सत्तारुढ दलका नेता तथा संसदीय सुनुवाई विशेष समितिका सदस्य योगेश भट्टराईले प्रस्तुत गरेको जोशीमाथिको आरोपमा कुनै तुक नै नभएको केसीले बताए । समितिमा सदस्य रहेका नेकपाका सासंद समुनराज प्याकुरेलले भने संसदीय सुनुवाई विशेषसमितिले संवैधानिक प्रक्रियाबाट जोशीलाई अस्विकृत गरेकाले प्रश्न उठाउने ठाउँ नरहेको जिकिर गरे ।

प्याकुरेलले भने, “म बार एसोसियसनका अध्यक्ष केसीलाई प्रश्न गर्न चाहन्छु, संविधान बनाउँदा कम्युनिष्ट पार्टीका मात्रै प्रतिनिधी थिएनन् ? तपाई जसको वकालत गर्दै हुनुहुन्छ तिनीहरु (नेपाली कांग्रेस)का प्रतिनिधीहरु पनि थिए, ति गाँजा खाएर बसेका थिए ?”

केसीले भने कम्युनिष्ट सांसदहरुले दिपकराज जोशीलाई अस्विकृत गर्नुका ५ कारण पेश गरे पनि ति कारणहरु तर्कसंगत नभएको दाबी गरे । “५ वटा बुँदामा न संवधानिक आधार छ न कानुनी आधार छ । न परम्परा छ । सबै कुरा लत्याएर उहाँहरुले राजनीतिक पूर्वाग्रहका आधारमा निर्णय गर्नुभएको हो । समितिमा रहेका ९ जना सदस्य कम्युनिष्ट पार्टीबाट निर्देशित थिए ।” केसीले भने ।

तर प्याकुरेलले आफूहरु पार्टीबाट निर्देशित नभै संविधानबाट निर्देशित भएर काम गरेको जिकिर गरे । त्यसपछि प्याकुरेललाई केसीले प्रश्न गरे, “४८ सालदेखि आजसम्म जोशी न्यायाधीश भए । आज आएर कसरी संविधानअनुसार अयोग्य भए ?”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत नेपाल सीमामा नागरिक सहायता कक्ष सञ्चालन हुँने !
भारत नेपाल सीमामा नागरिक सहायता कक्ष सञ्चालन हुँने !
म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु
म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु
सुनकाण्डका नाइके ‘गोरे’की पत्नी भन्छिन ‘डिभोर्स दिन्छु’
सुनकाण्डका नाइके ‘गोरे’की पत्नी भन्छिन ‘डिभोर्स दिन्छु’
स्वदेशी लगानीमा निर्माण हुने माथिल्लाे अरुण !
स्वदेशी लगानीमा निर्माण हुने माथिल्लाे अरुण !
सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
सीमामा सुरक्षाकर्मी छैनन्, सीमास्तम्भ हराए, नेपालतर्फ उजाड बन्दै
सीमामा सुरक्षाकर्मी छैनन्, सीमास्तम्भ हराए, नेपालतर्फ उजाड बन्दै
भीमदत्त नगरपालिकामा कांग्रेस विजयी
बालबालिकाको अधिकारसम्बन्धी विधेयक बन्नुपर्छ : उपसभामुख राना
बालबालिकाको अधिकारसम्बन्धी विधेयक बन्नुपर्छ : उपसभामुख राना
प्रधानमन्त्री दाहाल भोलि न्यूयोर्क प्रस्थान गर्दै
प्रधानमन्त्री दाहाल भोलि न्यूयोर्क प्रस्थान गर्दै
देशलाइ अन्धकारमुक्त पार्ने कुलमानलाई कार्यालय छिर्न नदिने चेतावनी (बिज्ञप्तिसहित)
देशलाइ अन्धकारमुक्त पार्ने कुलमानलाई कार्यालय छिर्न नदिने चेतावनी (बिज्ञप्तिसहित)