राजपामा समानुपातिक उम्मेदवारको नामले विवाद

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २८, २०७४
|
|
२२ पटक हेरिएको
Shares
राजपामा समानुपातिक उम्मेदवारको नामले विवाद

सारांश

  • काठमाडौं, २८ पुस ।
  • राष्ट्रिय जनता पार्टीभित्र निर्वाचन आयोगको कमजोरीका कारण समानुपातिक उम्मेदवारको नामले विवाद बढेको छ ।
  • राजपाले प्रदेशमा पाएको समानुपातिक संख्याअनुसार बन्दसूचीमा नाम पठाएको तर आयोगले अस्वीकार गरेका कारण विवाद बढेको हो ।

काठमाडौं, २८ पुस । राष्ट्रिय जनता पार्टीभित्र निर्वाचन आयोगको कमजोरीका कारण समानुपातिक उम्मेदवारको नामले विवाद बढेको छ । राजपाले प्रदेशमा पाएको समानुपातिक संख्याअनुसार बन्दसूचीमा नाम पठाएको तर आयोगले अस्वीकार गरेका कारण विवाद बढेको हो ।

राजपाले प्रदेश २ मा पाएको १० सिटमा नाम बुझाएको थियो । राजपाले बुझाएका नाम बन्दसूचीको क्रमसंख्याअनुसार नभएको भनी आयोगले सच्याउन पत्र पठाएको नयाँ पत्रिकाले समाचार छापेको छ । राजपाले बुझाएको बन्दसूचीमा ५४ जनाकै नाम मधेसी समुदायको क्लस्टरबाट मात्रै राखेको थियो । त्यसमा मधेसी, थारू, दलित, खसआर्य, मुस्लिमको क्लस्टर छुट्टाछुट्टै बनाउनुपर्ने थियो । दलले एउटै समुदाय वा जातीय क्लस्टरको सूची बुझाए पनि आयोगले दललाई सच्याउन निर्देशन दिनुपर्ने थियो ।

राजपाले प्रदेश २ मा १० सिटमा सात महिला र तीनजना पुरुषलाई मधेसी कोटाभित्रका पनि दलित, मुस्लिम, थारू र मधेसीको क्लस्टर मिलाएर नाम पठाएको थियो । तर, आयोगले सूचीमा मधेसी मात्रै भएको भन्दै १० सिटमा सातजना महिला र तीनजना पुरुषलाई क्रमसंख्याअनुसार पठाउन पत्र पठाएको छ ।

त्यसैगरी, प्रदेश नम्बर ५ को बन्दसूचीमा पनि थारू र खर्सआयलाई मधेसी लेखिएको छ । समानुपातिकमा पाएको एक सिटमा खसआर्य महिला पठाउनुपर्ने हुन्थ्यो । तर, राजपाले मुस्लिम पुरुष मोहम्मद कादिर शेख पठाएको छ । सूचीअनुसार बिना पन्तको नाम पठाउनुपर्ने थियो ।

त्यस्तै, प्रदेश नम्बर ७ पुरुषलाई महिला भनिएको छ । समानुपातिक बन्दसूचीमा अम्वादत्त तिवारी पुरुष हुन् तर थारू महिलामा नाम लेखिएको छ र कृष्णकुमारी राना महिला हुनुपर्नेमा पुरुषमा सूचीकृत गरिएको छ । राजपाले उक्त प्रदेशमा पाएको एक सिटमा सुनीता चौधरीको नाम पठाएको थियो । तर, आयोगले उनको सट्टा क्रमसंख्याको सुरुमा रहेकी मालामाति राना पठाउन भनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?