‘मेलम्चीको पानी माघ पहिलो साता काठमाडौँमा’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०८०
|
|
३९ पटक हेरिएको
Shares
‘मेलम्चीको पानी माघ पहिलो साता काठमाडौँमा’

सारांश

  • सिन्धुपाल्चोक ।
  • खानेपानीमन्त्री महेन्द्रराय यादवले मेलम्चीको पानी आगामी माघ पहिलो साता काठमाडौँ पु¥याइने बताएका छन् ।
  • आयोजनाको मुहानस्थल अम्बाथानको आज अवलोकन गर्दै मन्त्री यादवले द्रुतगतिमा काम भइरहेको र निर्धारित समयमै पानी काठमाडौँ पुग्नेमा ढुक्क हुन उपत्यकावासीलाई आग्रह गरेका छन् ।

सिन्धुपाल्चोक । खानेपानीमन्त्री महेन्द्रराय यादवले मेलम्चीको पानी आगामी माघ पहिलो साता काठमाडौँ पु¥याइने बताएका छन् ।

आयोजनाको मुहानस्थल अम्बाथानको आज अवलोकन गर्दै मन्त्री यादवले द्रुतगतिमा काम भइरहेको र निर्धारित समयमै पानी काठमाडौँ पुग्नेमा ढुक्क हुन उपत्यकावासीलाई आग्रह गरेका छन् । उनले आयोजनाका स्थानीय भण्डार, सप्लायर्सलगायतको समस्या समाधान गर्ने प्रतिबद्धतापछि अहिले तीव्रगतिमा काम भइरहेकाले तोकिएकै मितिमा पानी उपत्यकामा पुग्ने बताए ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले सरकारको लक्ष्यअनुसार पानी पठाउने गरी काम भइरहेको जानकारी दिए । उनले अम्बाथानमा काम भइरहेको बताए । “दैनिक १६÷१७ घण्टा काम भइरहेको छ”, उनले भने । दैनिक १७ करोड लिटरका दरले काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने सरकारको तयारी छ । क्षतिग्रस्त संरचना मर्मतपछि वर्षायाम सकिने बित्तिकै पुनः उपत्यकामा पानी वितरण गरिने आयोजनाले जनाएको छ ।

मन्त्री यादवसँगै प्रदेशसभा सदस्य कौशल किशोर राय, खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारी, मेलम्ची खानेपानी विकास समितिका सदस्य विष्णुमणि आचार्यलगायतले आयोजनाको मुहानस्थलबारे जानकारी लिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीको दवाव थेग्न सकेनन् प्रचण्डले, सभामुखमा सुवास नेम्वाङ लगभग पक्का
ओलीको दवाव थेग्न सकेनन् प्रचण्डले, सभामुखमा सुवास नेम्वाङ लगभग पक्का
जाजरकोट बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु
पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्क विहीन
पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्क विहीन
रुसी युद्धपोतले अमेरिकी नौसैनिक जहाज डुबाइदिने धम्की दिएपछि‘
रुसी युद्धपोतले अमेरिकी नौसैनिक जहाज डुबाइदिने धम्की दिएपछि‘
भ्रष्टाचारी र अपराधीले किन राजनीतिमा अवसर पाउँछन् ?
भ्रष्टाचारी र अपराधीले किन राजनीतिमा अवसर पाउँछन् ?
सेयर बजारका खेलाडी जट्टाधारी बाबा, सांसारिक सुख त्यागे तर सकेनन् सेयर बजार छोड्न
सेयर बजारका खेलाडी जट्टाधारी बाबा, सांसारिक सुख त्यागे तर सकेनन् सेयर बजार छोड्न
स्कूल बस दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते
स्कूल बस दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते
ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र बैँक खाताका लागि राष्ट्रिय अभियान
ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र बैँक खाताका लागि राष्ट्रिय अभियान
बुटवल उपमहानगरको मतगणना आजै रातीबाट हुने,७१ प्रतिशत मत खस्यो
बुटवल उपमहानगरको मतगणना आजै रातीबाट हुने,७१ प्रतिशत मत खस्यो
भारतबाट स्वेदश फर्केका दश प्रतिशतमा कोरोना सङ्क्रमण