चिठ्ठा परेको भन्दै लाखौं लुट्दै गिरोह

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०७४
|
|
२८ पटक हेरिएको
Shares
चिठ्ठा परेको भन्दै लाखौं लुट्दै गिरोह

सारांश

  • माधव बेल्वासे कपिलवस्तु माघ ३ ।
  • कतै तपाइलाई सामाजिक सञ्जालबाट लाखौंको चिठ्ठा पर्यो भन्दै ठगी गरिरहेका त छैनन् ।
  • होसियार हुनुहोस् !

माधव बेल्वासे

कपिलवस्तु माघ ३ । कतै तपाइलाई सामाजिक सञ्जालबाट लाखौंको चिठ्ठा पर्यो भन्दै ठगी गरिरहेका त छैनन् । होसियार हुनुहोस् ! पछिल्लो समयमा यस्ता घटनाहरु बढिरहेका छन । सामाजिक सञ्जालमार्फत तपाईलाई चिट्ठा परेको छ करको लागि केहि रकम पठाउनुहोस् भन्दै लाखौं लुटिरहेको खुल्न आएको छ । कपिलवस्तुमा यस्ता कार्य गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तुको कृष्णनगरबाट एक जना नेपाली नागरिक र चन्द्रौटाबाट एक जना भारतीय नागरीक अहिले प्रहरीको नियन्त्रणमा रहेका छन ।

समाजिक सञ्जाल भाइबर तथा इमोबाट ठगी गर्ने भारतको गोरखपुर थाना शाहपुर कौवाबाघ आरपीएफ कलोनी क्वार नं. ३९ डी.सी. बस्ने २८ वर्षीय अजित कुमार सिंह रहेका छन । पक्राउ परेका भारतीय नागरिक सिंहको साथबाट प्रहरीले ५५ हजार रुपैयाँ, नक्कली कागजपत्र बरामद गरेको जनाइएको छ ।

सुनसरी जिल्ला धरान उपमहानगरपालिका ८ का २८ वर्षीय सरोज रानामगरलाई २५ लाख चिठ्ठा परेको प्रलोभनमा पारी करबापत ५५ हजार बैंकमा जम्मा गर्न लगाई भारतीय गिरोहले ठगी गरेको आरोप उनलाई लगाइएको छ । सरोजले ग्लोबल आईएमई बैंक धरानबाट अजित कुमार सिंहको नाममा ५५ हजार पठाएका थिए । ईन्टरनेट भाइबरमा बिजय कुमार नामका अपरिचित व्यक्तिले पीडित सरोजलाई २५ लाख चिठ्ठा परेको प्रलोभन देखाई करबापत पहिलो किस्तामा ५५ हजार बैंकमा जम्मा गर्न लगाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै कृष्णनगर नगरपालिका वडा नं. ३, झण्डिनगरका ३३ वर्षीय सन्तोष कुमार गुप्ता बानियालाई प्रहरीले कृष्णनगरमा रहेको सिद्धार्थ बैंक लिमिटेडबाट पक्राउ गरेको हो ।

विभिन्न व्यक्तिलाई फोन गरी तपाईंले चलाएको भाइबर, फेसबुक, ट्विटर तथा सिम कार्डबापत ४० लाख रुपैयाँ लट्री जित्नुभएको छ भनी फोन तथा म्यासेज गरी उनले प्रलोभनमा पार्ने गरेका थिए ।

लट्री बापतको कर नेपाल सरकारलाई जम्मा गरे पछिमात्र उक्त रकम तपाईंको खातामा जम्मा हुने बताई आइएमई तथा विभिन्न बैंकमार्फत पैसा पठाउन लगाई उनले ठगी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक केशव ज्ञवालीको नेतृत्वमा खटिएको प्रहरी टोलीले कृष्णनगरबाट पक्राउ गरेको हो । प्रलोभनमा फसेका व्यक्तिहरुलाई विभिन्न मनी ट्रान्सफरहरु र बैंकमार्फत रकम जम्मा गर्ने र ठगी गर्दै आएको कपिलवस्तु प्रहरीले जनाएको छ । उनले स्याङजाको गल्याङ नगरपालिका वडा नम्बर ३, गल्याङ बस्ने बर्ष २३ की प्रेना थापालाई चिठ्ठा परेको भन्दै आफ्नो नाममा २५ हजार आइएमई गर्न लगाएका थिए ।

पैसा पठाउन दबाब दिएपछि थापाले जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएकी थिइन् । पक्राउ परेका गुप्ताले जिल्लाका अन्य व्यक्तिहरुबाट ४ लाख ६८ हजार रकम ठगी गरि सकेको प्रहरीले बताएको छ । गुप्ता पक्राउ परेको दिन सोही बैंकबाट उनले मोहन बहादुर बस्नेतले सन्तोषको नाममा आइएमई गरि पठाएको एक लाख ४० हजार रकम समेत निकालिएको थियो ।

चिठ्ठा पर्यो भन्दै ठगि गर्ने हरुले नक्कली नेपालको झण्डा सहितको प्रमाण पत्र बनाइ ठग्ने गरेको पाइएको छ । पछिल्लो समय नेपालमा धेरै मानिस यस्ता भारतीयहरुबाट ठगिरहेकोले यस्ता हल्लाको पछि नलाग्न वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरिक्षक झविन्द्र भट्टराइले आग्रह गरे ।

प्रहरीले आरोपीलाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरी निरीक्षक भट्टराईले नेपालको कानुनमा चिठ्ठा वा उपहार परेमा कर कट्टा गरी बाँकी चिठ्ठा परेकालाई उपलब्ध गराइने व्यवस्था रहेको बताए । उनले यदि कसैले चिठ्ठा परेको प्रलोभन देखाई कर जम्मा गर्न लगाएमा सतर्क हुन आग्रह गरे । पत्रकार सम्मेलनमा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी, इलाका प्रशासन कार्यालय प्रमुख जगदीश अर्यालको उपस्थिति रहेको थियो ।

तस्विर नम्बर १ भारतको गोरखपुर थाना शाहपुर कौवाबाघ आरपीएफ कलोनी क्वार नं. ३९ डी.सी. बस्ने २८ वर्षीय अजित कुमार सिंह प्रहरीको नियन्त्रणमा ।

तस्विर नम्बर २ सुनसरी जिल्ला धरान उपमहानगरपालिका ८ का २८ वर्षीय सरोज रानामगरलाई २५ लाख चिठ्ठा परेको भन्दै नक्कली चेक ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आर्थिक विकास गर्नका लागि भ्रष्टाचार निर्मूल पार्नुपर्छ : तिमिल्सिना
आर्थिक विकास गर्नका लागि भ्रष्टाचार निर्मूल पार्नुपर्छ : तिमिल्सिना
प्रचण्डका छोरा प्रकाशलाई सम्झिइँदै, खुमलटारमा स्मृतिसभा हुने
प्रचण्डका छोरा प्रकाशलाई सम्झिइँदै, खुमलटारमा स्मृतिसभा हुने
दशैको पहिलो दिन कुन देवीको पूजा गरिन्छ ?
दशैको पहिलो दिन कुन देवीको पूजा गरिन्छ ?
नेपालकाे लगातार दाेस्राे जित, दिपेन्द्रकाे सतकिय पारी र सागरकाे अलराउण्ड प्रदर्शन महत्वपूर्ण !
नेपालकाे लगातार दाेस्राे जित, दिपेन्द्रकाे सतकिय पारी र सागरकाे अलराउण्ड प्रदर्शन महत्वपूर्ण !
श्रीलंका टी-२० विश्वकपबाट बाहिरियो
श्रीलंका टी-२० विश्वकपबाट बाहिरियो
४५ जिल्लामा भोलि गाडी नचल्ने, सार्वजनिक बिदा
४५ जिल्लामा भोलि गाडी नचल्ने, सार्वजनिक बिदा
अध्यक्ष ओलीद्वारा ४० ज्येष्ठ नागरिकलाई अभिनन्दन
अध्यक्ष ओलीद्वारा ४० ज्येष्ठ नागरिकलाई अभिनन्दन
सडक–नालामा खसेर बालिकाको मृत्यु भएको भएको घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन
सडक–नालामा खसेर बालिकाको मृत्यु भएको भएको घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन
प्रम ओलीको भिडियो सन्देशः ‘ठीक हुँदैछु’
प्रम ओलीको भिडियो सन्देशः ‘ठीक हुँदैछु’
ट्रम्पले पेस गरे मध्यपूर्व शान्तिको नयाँ योजना
ट्रम्पले पेस गरे मध्यपूर्व शान्तिको नयाँ योजना

तपाईंले छुटाउनुभयो कि?