माओवादी मन्त्रीहरुले दिए सामूहिक राजिनामा
सारांश
- काठमाडौं, पुस २८ ।
- बाम गठबन्धनमा प्रवेश गरेपछि पनि कांग्रेस गठबन्धनको सरकारमा रहिरहेको माओवादी केन्द्रका मन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउबालाई सामूहिक रुपमा राजिनामा बुझाएका छन् ।
- ‘पार्टी नेतृत्वले बिहीबार नै यसबारे निर्णय गरेको र बिहीबार राति बुझाउन नसकेकाले आज मात्र बुझाइएको हो’, माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
काठमाडौं, पुस २८ । बाम गठबन्धनमा प्रवेश गरेपछि पनि कांग्रेस गठबन्धनको सरकारमा रहिरहेको माओवादी केन्द्रका मन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउबालाई सामूहिक रुपमा राजिनामा बुझाएका छन् ।
‘पार्टी नेतृत्वले बिहीबार नै यसबारे निर्णय गरेको र बिहीबार राति बुझाउन नसकेकाले आज मात्र बुझाइएको हो’, माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
बाम गठबन्धनको नेतृत्व हैसियतमा रहेको एमालेले सरकारलाई प्रदेश प्रमुख नियुक्त नगर्न चेतावनी दिएपछि माओवादी मन्त्रीहरु शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा नगएको बुझिएको छ ।
राजिनामा दिइएकाले शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा माओवादीका मन्त्रिहरु उपस्थित नभएको बताइएको छ । तर, प्रधानमन्त्री कार्यालयबाट राजिनामा प्राप्त गरिएको पुष्टि गरिएको छैन ।
Tg Tg
चुनावको नतिजा आउन बितिकै दिनु पर्ने हो
Mohan Kayasta
Mastermind of pchand.