आजदेखि बिमस्टेक सम्मेलन : प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १४, २०७५
|
|
४२ पटक हेरिएको
Shares
आजदेखि बिमस्टेक सम्मेलन : प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

सारांश

  • काठमाडौं १४ भदौ ।
  • काठमाडौंमा आजदेखि बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन सुरु हुँदैछ ।
  • काठमाडौंलाई बिमस्टेकका लागि ठाउँठाउँमा पाहुना स्वागतद्धारसहित सजाइएको छ ।

काठमाडौं १४ भदौ । काठमाडौंमा आजदेखि बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन सुरु हुँदैछ । काठमाडौंलाई बिमस्टेकका लागि ठाउँठाउँमा पाहुना स्वागतद्धारसहित सजाइएको छ ।

बिमस्टेकका सात सदस्य राष्ट्रमध्ये चार राष्ट्रका राष्ट्रप्रमुख तथा सरकारप्रमुख शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आइसकेका छन्। दुई देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख बिहीबार बिहान काठमाडौं आउने कार्यक्रम छ।

आज होटल सोल्टीमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेक चौथो शिखर सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । करिब दिउँसो २ बजे शिखर सम्मेलन सुरु हुने जनाइएको छ। शिखर सम्मेलनको बिमस्टेकका अध्यक्ष रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । उद्घाटनलगत्तै सम्मेलनलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्।

त्यसपछि अन्य सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकारप्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ। आजै प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनमा सहभागी सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकारप्रमुखको सम्मानमा होटल ह्यातमा रात्रिभोज आयोजना गर्नेछन्।

सम्मेलनको पूर्व सन्ध्यामा बुधबार सम्पन्न बिमस्टेकका परराष्ट्रमन्त्रीहरूको बैठक बसेको थियो । बैठकले सम्मेलनमा प्रस्तुत हुने एजेन्डा, हस्ताक्षर हुने समझदारीपत्र, काठमाडौंबाट जारी गरिने बडापत्रमाथि छलफल गर्दै टुंगो लगाएको थियो ।

सम्मेलनमा भाग लिन सदस्य–देश श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक हिजो बुधबार काठमाडौं आएका छन् । त्यसैगरी म्यानमारका राष्ट्रपति यु विन मिन्ट मंगलबारै आएका थिए ।

आज बिहीबार बिहान ९ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ आउँदैछन् ।

सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा नेपाल, भारत, भुटान, श्रीलंका, बंगलादेश, म्यानमार र थाइल्यान्ड सदस्य छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दण्ड गृहबाट पुनःस्थापना केन्द्रतर्फ बाल सुधार गृह: मन्त्री वादीद्वारा शिक्षा र एआई सीपसहितको रूपान्तरण योजना सार्वजनिक
दण्ड गृहबाट पुनःस्थापना केन्द्रतर्फ बाल सुधार गृह: मन्त्री वादीद्वारा शिक्षा र एआई सीपसहितको रूपान्तरण योजना सार्वजनिक
सिके राउतसहित ५ जनालाई थप १५ दिन थुनामा राख्न अादेश !
सिके राउतसहित ५ जनालाई थप १५ दिन थुनामा राख्न अादेश !
स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री बस्नेत
अमेरिकामा नेपालीको लागि टिपिएसमा पुनः दर्ता खुला
अमेरिकामा नेपालीको लागि टिपिएसमा पुनः दर्ता खुला
दश महिनामा भित्रियो रू १० खर्ब बढी विप्रेषण
दश महिनामा भित्रियो रू १० खर्ब बढी विप्रेषण
कानुन विपरित हुँदैछ प्रधानमन्त्रीको राजकीय भारत भ्रमण!
कानुन विपरित हुँदैछ प्रधानमन्त्रीको राजकीय भारत भ्रमण!
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा रक्षाबन्धन ग्रहण
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा रक्षाबन्धन ग्रहण
पेरिस ओलम्पिकमा ५० देशले जिते पदक, चीन शिर्ष र अमेरिका दोस्रो
पेरिस ओलम्पिकमा ५० देशले जिते पदक, चीन शिर्ष र अमेरिका दोस्रो
जिस्म२’ को छायांकन सकियो
जिस्म२’ को छायांकन सकियो
सङ्घीयताको सुखद अनुभूत: बागमती प्रदेशका सरकारी अस्पतालमै विशिष्टीकृत र सहुलियतपूर्ण उपचार सेवा
सङ्घीयताको सुखद अनुभूत: बागमती प्रदेशका सरकारी अस्पतालमै विशिष्टीकृत र सहुलियतपूर्ण उपचार सेवा