माओवादी मन्त्रीहरुले दिए सामूहिक राजिनामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २८, २०७४
|
|
२५ पटक हेरिएको
Shares
माओवादी मन्त्रीहरुले दिए सामूहिक राजिनामा

सारांश

  • काठमाडौं, पुस २८ ।
  • बाम गठबन्धनमा प्रवेश गरेपछि पनि कांग्रेस गठबन्धनको सरकारमा रहिरहेको माओवादी केन्द्रका मन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउबालाई सामूहिक रुपमा राजिनामा बुझाएका छन् ।
  • ‘पार्टी नेतृत्वले बिहीबार नै यसबारे निर्णय गरेको र बिहीबार राति बुझाउन नसकेकाले आज मात्र बुझाइएको हो’, माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

काठमाडौं, पुस २८ । बाम गठबन्धनमा प्रवेश गरेपछि पनि कांग्रेस गठबन्धनको सरकारमा रहिरहेको माओवादी केन्द्रका मन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउबालाई सामूहिक रुपमा राजिनामा बुझाएका छन् ।

‘पार्टी नेतृत्वले बिहीबार नै यसबारे निर्णय गरेको र बिहीबार राति बुझाउन नसकेकाले आज मात्र बुझाइएको हो’, माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

बाम गठबन्धनको नेतृत्व हैसियतमा रहेको एमालेले सरकारलाई प्रदेश प्रमुख नियुक्त नगर्न चेतावनी दिएपछि माओवादी मन्त्रीहरु शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा नगएको बुझिएको छ ।

राजिनामा दिइएकाले शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा माओवादीका मन्त्रिहरु उपस्थित नभएको बताइएको छ । तर, प्रधानमन्त्री कार्यालयबाट राजिनामा प्राप्त गरिएको पुष्टि गरिएको छैन ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Tg Tg

    चुनावको नतिजा आउन बितिकै दिनु पर्ने हो

    Comment Author

    Mohan Kayasta

    Mastermind of pchand.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?