काँग्रेसका सबै सांसदले दशैँभत्ता फिर्ता गर्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ३, २०७७
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिनुभएको छ ।
  • काँग्रेस सङ्घीय संसदीय दलका नेतासमेत रहनुभएका सभापति देउवाले सांसदहरुको दशैँ खर्च सरकारले कोभिड–१९ सङ्क्रमणको उपचार र व्यवस्थापनमा खर्च गरोस् भनेर फिर्ता गर्नका लागि आज बिहान निर्देशन दिनुभएको हो ।
  • काँग्रेस संसदीय दलको बैठकले पछि अनुमोदन गर्ने गरी सभापति देउवाले दिनुभएको निर्देशनबमोजिम आजै सबैलाई पत्राचार गरिने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले राससलाई जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिनुभएको छ । काँग्रेस सङ्घीय संसदीय दलका नेतासमेत रहनुभएका सभापति देउवाले सांसदहरुको दशैँ खर्च सरकारले कोभिड–१९ सङ्क्रमणको उपचार र व्यवस्थापनमा खर्च गरोस् भनेर फिर्ता गर्नका लागि आज बिहान निर्देशन दिनुभएको हो ।

काँग्रेस संसदीय दलको बैठकले पछि अनुमोदन गर्ने गरी सभापति देउवाले दिनुभएको निर्देशनबमोजिम आजै सबैलाई पत्राचार गरिने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले राससलाई जानकारी दिनुभयो । प्रमुख सचेतक खाँणले कोरोना सङ्क्रमण महामारीमा नागरिकको जीवनरक्षा गर्ने पहलो दायित्व र कर्तव्य सरकारको भएको बताउनुभयो । उहाँले यस्तो सङ्कटका अवस्थामा कोरोना सङ्क्रमितलाई अस्पताल नआउनुस् भन्ने र परीक्षण तथा उपचार पनि निःशुल्क नगर्ने भन्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी भएको बताउँदै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Trump to travel to Singapore directly from Canada for meeting with Kim: White House
Trump to travel to Singapore directly from Canada for meeting with Kim: White House
सन्दीपद्वारा त्रिदेशीय ट्वान्टी–२० शृङ्खला नखेल्ने घोषणा
सन्दीपद्वारा त्रिदेशीय ट्वान्टी–२० शृङ्खला नखेल्ने घोषणा
फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनलाई क्लिनचिट
फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनलाई क्लिनचिट
दशै बिदामा घर गएका प्रअ फर्केनन्, गणित र अंग्रेजीको पढाइ ठप्प
दशै बिदामा घर गएका प्रअ फर्केनन्, गणित र अंग्रेजीको पढाइ ठप्प
आजको राशिफल
आजको राशिफल
आए चन्द्र शर्मा र आयुशा राई “माया हो…” लिएर बजारमा (भिडियो पनि)
आए चन्द्र शर्मा र आयुशा राई “माया हो…” लिएर बजारमा (भिडियो पनि)
मेक्सिकोमा शक्तिशाली भूकम्प, १३० को मृत्यु
मेक्सिकोमा शक्तिशाली भूकम्प, १३० को मृत्यु
सरकारको पूर्णतासँगै विकास र समृद्धिको अभियान अघि बढ्छ: महासचिव गुरुङ
सरकारको पूर्णतासँगै विकास र समृद्धिको अभियान अघि बढ्छ: महासचिव गुरुङ
निर्वाचन क्षेत्र निर्धारण गर्दा अनुचित राजनीतिक हस्तक्षेपबाट मुक्त रहन आग्रह
निर्वाचन क्षेत्र निर्धारण गर्दा अनुचित राजनीतिक हस्तक्षेपबाट मुक्त रहन आग्रह
टोटनह्याम हट्सपरको अद्धितिय पूनरागमन : आयाक्सलाई हराउँदै च्याम्पियन्स लिगको फाईनलमा प्रवेश
टोटनह्याम हट्सपरको अद्धितिय पूनरागमन : आयाक्सलाई हराउँदै च्याम्पियन्स लिगको फाईनलमा प्रवेश

तपाईंले छुटाउनुभयो कि?