ओली र प्रचण्डसँग छलफल गर्दिन्- प्रधानमन्त्री देउवा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ६, २०७४
|
|
४८ पटक हेरिएको
Shares
ओली र प्रचण्डसँग छलफल गर्दिन्- प्रधानमन्त्री देउवा

सारांश

  • काठमाडौं ६ पुस ।
  • सरकारले ‘राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश’का बारेमा देखिएको विवादका विषयमा दलीय छलफल नगर्ने भएको छ ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म अध्यादेशका विषयमा दलका नेताहरूसँग कुनै छलफल नगरेको र आगामी दिनमा पनि नगर्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

काठमाडौं ६ पुस ।
सरकारले ‘राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश’का बारेमा देखिएको विवादका विषयमा दलीय छलफल नगर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म अध्यादेशका विषयमा दलका नेताहरूसँग कुनै छलफल नगरेको र आगामी दिनमा पनि नगर्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ । अध्यादेशमा संवैधानिक र कानुनी अड्चन नभएकाले दलीय छलफल आवश्यक नभएको प्रधानमन्त्री देउवाको बुझाइ छ ।

प्रधानमन्त्रीका स्वकीय सचिव अधिवक्ता केशव जोशीले अध्यादेश राजनीतिक सहमतिका आधारमा निकास निकाल्ने विषय नभएकाले दलीय छलफल आवश्यक नरहेको बताए । ‘अध्यादेश दलहरूबीच सहमतिका लागि छलफल गर्ने विषय होइन, संविधान र कानुनअनुरूप तयार पार्ने दस्ताबेज हो,’ जोशीले  भने, ‘संवैधानिक र कानुनी प्रक्रियाअनुरूप १ कात्तिकमा मन्त्रिपरिषद्बाट निर्णय गरी राष्ट्रपति कार्यालय पठाइएको छ । जसमा संवैधानिक र कानुनी अड्चन छैन । त्यसैले प्रधानमन्त्रीले अहिलेसम्म दलहरूसँग छलफल गर्नुभएको छैन, आवश्यक नभएकाले अब पनि गर्नुहुन्न ।’

मन्त्रिपरिषद् बैठकले पारित गरेर पठाएको लामो समय भइसक्दा पनि अत्यावश्यक अध्यादेश स्वीकृत नगरेको भन्दै राष्ट्रपतिसँग सरकार असन्तुष्ट छ । प्रधानमन्त्री देउवाले गत बिहीबार पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर अध्यादेश स्वीकृत गरेर बाटो खोलिदिन आग्रह गरेका थिए । तर, राष्ट्रपतिले अध्यादेश स्वीकृत नगरेपछि सरकार ‘पर्ख र हेर’को रणनीतिमा छ । राष्ट्रपति सेरेमोनियल भएकाले सरकारले निर्णय गरेर पठाएको अध्यादेश स्वीकृत गर्नुको विकल्प नभएको तर्क सत्तारुढ दलका नेताहरूको छ । ‘सरकारले निर्णय गरेर पठाएपछि स्वीकृत गर्नुको विकल्प राष्ट्रपतिसँग छैन,’ कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले भने ।

प्रधानमन्त्री कार्यालय भने राष्ट्रपतिले अध्यादेश स्वीकृत गरेर पठाउने या फिर्ता गर्ने भनेर कुरेर बसेको छ । जोशीले भने, ‘सरकारले विधिसम्मत निर्णय गरेर पठाएको अध्यादेश राष्ट्रपतिबाट स्वीकृत हुन्छ कि त्यत्तिकै फर्कन्छ । हामी कुरेर बसेका छौँ । त्यसपछि मात्र कसरी अघि बढ्ने भन्ने रणनीति बनाउने हो ।’

 

(https://www.disabilityhelpcenter.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रमोद खरेलको स्वरमा रहेको गीत ‘अर्कैको सिन्दुर लायौ’को भिडियो सार्वजनिक
प्रमोद खरेलको स्वरमा रहेको गीत ‘अर्कैको सिन्दुर लायौ’को भिडियो सार्वजनिक
अनुदानको रकम नपाएको भन्दै किसानहरु प्रशासनमा धर्ना
अनुदानको रकम नपाएको भन्दै किसानहरु प्रशासनमा धर्ना
आज साउनको पहिलो सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज साउनको पहिलो सोमबार, कस्तो छ तपाईंको राशिफल?
रौतहटमा भेटिए नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १४
रौतहटमा भेटिए नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १४
ब्याजदर घटाउने राष्ट्र बैंकको निर्णय
ब्याजदर घटाउने राष्ट्र बैंकको निर्णय
महिलालाई आक्रमण गरेकोमा मन्त्रीद्वारा राजिनामा
महिलालाई आक्रमण गरेकोमा मन्त्रीद्वारा राजिनामा
पर्सा,खोटाङ्ग,सोलुखुम्बु र  रौतहटमा मृत अवस्थामा फेला
पर्सा,खोटाङ्ग,सोलुखुम्बु र रौतहटमा मृत अवस्थामा फेला
प्रचण्ड काठमाडौँ आइपुगे, बल्खुको बयोधा अस्पतालमा हेलिकप्टरमार्फत अवतरण !
प्रचण्ड काठमाडौँ आइपुगे, बल्खुको बयोधा अस्पतालमा हेलिकप्टरमार्फत अवतरण !
बसले मोटरसाइकल हान्दा २ जनाको मृत्यु
बागमती प्रदेशको मुख्यमन्त्री बन्दै अष्टलक्ष्मी शाक्य, मुख्यमन्त्री पौडेलले आजै राजीनामा दिने

तपाईंले छुटाउनुभयो कि?