२ करोड फिरौती मागेर बालक अपहरण गर्नेलाई प्रहरीको फन्दामा

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ३०, २०७४
|
|
३१ पटक हेरिएको
Shares
२ करोड फिरौती मागेर  बालक अपहरण गर्नेलाई  प्रहरीको  फन्दामा

सारांश

  • परासी–भारतबाट अपहरणमा परेका एक बालको शकुसल उद्दार गरिएको छ ।
  • भारतको उत्तर प्रदेश महराजगंज जिल्लाको ठुठीबारी ग्रामसभा ४ बाट अपहरणमा परेका बालकको उद्धार र अपहरणकारीलाई नियन्त्रणमा लिइएको हो ।
  • नेपाल भारत सिमावर्ती बजार ठुठीबारीको व्यपारी बब्लु निगमका ९ बर्षिय छोरा आयुसको अपहरण गर्नेलाई  प्रहरीले शनिवार साँझ विहार टंकीबजारबाट नियन्त्रणमा लिएको हो ।

परासी–भारतबाट अपहरणमा परेका एक बालको शकुसल उद्दार गरिएको छ । भारतको उत्तर प्रदेश महराजगंज जिल्लाको ठुठीबारी ग्रामसभा ४ बाट अपहरणमा परेका बालकको उद्धार र अपहरणकारीलाई नियन्त्रणमा लिइएको हो ।

नेपाल भारत सिमावर्ती बजार ठुठीबारीको व्यपारी बब्लु निगमका ९ बर्षिय छोरा आयुसको अपहरण गर्नेलाई  प्रहरीले शनिवार साँझ विहार टंकीबजारबाट नियन्त्रणमा लिएको हो । उनको साथबाट अपहृत बालकको पनि उद्धार गरिएको छ । बालक निगम गत विहिवार दिउँसो ठुठीबारी बजारबाट अपहरणमा परेका थिए ।
अपहरणकारीले बालकका बाबु बब्लु निगमसँग २ करोड नेपाली रुपैयाँ मागेका थिए ।

बालकलाई अपहरण गरि नेपालको भुमी हुदै भारतको विहार राज्यको भैंसालोट क्षेत्रमा लुकाइएको थियो । बब्लु निगमसँग २ करोड रुपैयाँको डिमाण्ड आएपछि नेपाल र भारतका संयुक्त प्रहरी टोलीले घटनाबारे अनुसन्धान गरिरहेको थियो ।

बालक अपहरणपछि ईलाका प्रहरी कार्यालय बेलाटारी नवलपरासीले घटनामा संलग्न हुन सक्ने शंकाको आधारमा ठुठीबारीकै एक जना युवकलाई नियन्त्रणमा लिएको थियो ।

बालकलाई अपहरण गरेका ३ जनाको समुहले शनिवार साँझ ५ बजे टंकी बजारमा २ करोड रुपैयाँ लिएर बालकका बुवा बब्लुलाई बोलाएका थिए । व्यपारी बब्लुले अपकरणकारीलाई डिमाण्ड रकम दिने र बालक लिने क्रममा प्रहरी टोलीले अपहरणकारीलाई नियन्त्रण लिएको थियो ।

पक्राउ परेका अपहरणकारीको समुहमा एक नेपाली र ३ जना भारतीय रहेको ठुठीबारी पुलिस स्टेशनले जानकारी दिएको छ । प्रहरीले अपहरणकारीलाई पक्राउ गरेपछि भारतको ठुठीबारी पुसिल स्टेशनमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

व्यपारी बब्लु निगम ठुठीबारीको सबैभन्दा ठुलो व्यपारी हुन् । बब्लु आफनै निवासमा कालिका बस्त्रालय खोली व्यपार गर्दै आएका छन् । उनी भारु र नेपाली रकमको बट्टालिई साटासाट गर्ने कारोबार पनि गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?