डा. गोविन्द केसी आक्रोशित, स्वास्थ्य जाँच गर्न अस्वीकार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
डा. गोविन्द केसी आक्रोशित, स्वास्थ्य जाँच गर्न अस्वीकार

सारांश

  • काठमाडौं, २९ असार ।
  • आज सत्याग्रहको १४ दिन बितिसकेको र आफूले औपचारिक वार्ताका लागि पहल गरेको ३ दिन बितिसक्दा पनि सरकारले वार्ताका लागि कुनै चासो व्यक्त नगरेको भन्दै डा.
  • केसी आक्रोशित भएका छन् ।

काठमाडौं, २९ असार । आज सत्याग्रहको १४ दिन बितिसकेको र आफूले औपचारिक वार्ताका लागि पहल गरेको ३ दिन बितिसक्दा पनि सरकारले वार्ताका लागि कुनै चासो व्यक्त नगरेको भन्दै डा.केसी आक्रोशित भएका छन् ।

रगत परीक्षण गर्नका लागि आज गएका चिकित्सकहरुसँग भावुक हुँदै डा.केसीले भने, “मलाइ मरे मरोस् भनेर सरकारले सोचेको रहेछ । आखिर त्यस्तै हो भने म पनि आज उपरान्त कुनै स्वास्थ्य परीक्षण र उपचार गराउँदैन ।” तीन करोड नेपालीको हितका लागि लड्दै गर्दा मृत्युवरण गर्नु परे पनि आफू तयार रहेको उनको भनाइ थियो ।

सरकारले वार्ता गर्न चाहेको खण्डमा डा.केसीका तर्फबाट वार्ता गर्ने टोली काठमाडौमै रहेकाले डा.केसी काठमाडौ आएपछि मात्रै वार्ता हुनसक्छ भन्नु सरकारको आफूलाइ झुक्याउने चाल रहेको हुनसक्ने डा.केसीको आशंका रहेको छ ।

आज सत्याग्रहको १४ दिनसम्म आउँदा डा.गोविन्द केसीको स्वास्थ्य अवस्था भने बिग्रँदो छ । विगतका अनशनको तुलनामा जुम्लाको चिसो मौसम र उच्च अल्टिट्युडका कारण नयाँ÷नयाँ समस्याहरु देखिन थालेको बताइएको छ । दोस्रो÷ तेस्रो दिनदेखि रगतमा अक्सिजनको मात्रा घट्न थालेको थियो । आज पनि त्यसका कारण सास फेर्न गाह्रो हुने, बोल्दा सास बढ्ने, उठेर बस्न गाह्रो हुने समस्याका कारण डा.केसीलाई निरन्तर कृत्रिम अक्सिजन नाकबाट दिइएको छ ।

हिजो दिउँसो एक÷दुईपटक अर्ध बेहोसी जस्तो अवस्था देखिएको भएपनि आज भने त्यो समस्या देखिएको छैन । उपचाररत चिकित्सकहरुका अनुसार ब्रेनसम्म जाने रगतमा अक्सिजन र ग्लुकोजको मात्रा दिनानुदिन कम भएका कारण यस्तो भएको हुनसक्छ । उनीहरुका अनुसार केही दिनसम्म अझै यस्तै रगतको सञ्चार भइरहे डा.केसी बेहोस भई ठूलै मूल्य चुकाउनु पर्ने पनि हुनसक्छ । छातीको दुखाई पहिलेको तुलनामा झन बढेको छ ।

मुटुको चालमा त्यति बिघ्न गडबडी नदेखिए तापनि गति असामान्य रहेको छ । कोल्टे फर्कदा वा हलचल गर्दा मात्रै पनि मुटुको गति १०० भन्दा माथि पुग्ने गरेको छ । (सामान्यतः स्वस्थ मानिसको मुटुको गति ७०÷८० को बीचमा रहन्छ) ।

सुरुकै दिनबाट निरन्तर घटिरहेको सेतो रक्तकोशिकाको संख्या हिजोको रगतको रिपोर्ट अनुसार ४००० भन्दा कम भइसकेको छ । यसका कारण डा.केसी विभिन्न खाले संक्रमणको उच्च जोखिममा रहेका छन् । चिकित्सकहरुका अनुसार अझ यस्तो चिसो मौसममा यदि सामान्य रुघाखोकी र ज्वरो आएको खण्डमा पनि त्यसले अकल्पनीय क्षति निम्त्याउन सक्छ ।

कमजोरी, चक्कर लाग्ने, वाकवाकी लाग्ने, मांसपेशी बाउँडिने समस्यामा खास उल्लेख्य सुधार हुन सकेको छैन । पिसाबमा केटोन बडी अत्यधिक देखिन थालेको छ । यसको सिधा मतलब हुन्छ कि शरिरमा सञ्चित बोसोहरु पग्लेर मांसपेशी पनि टुक्रिन थालिसकेको छ । यसैका कारण पहिलो दिनको तुलनामा डा.केसीको तौल ९ केजी घटिसकेको छ ।

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Gobinda Neupane

    उखाने को शाखा सन्तान ले सिङ्गो मुलुक र सबै गरिब नेपाली को हितमा प्राणको बाजि लगाएर लड्ने नेपाल आमाको सच्चा पुत्र मार्ने दाउ खोज्दैछ।
    यदि यस्तो अकल्पनीय हत्या तिमी हत्यारा हरुले कथम कदाचित गरेमा तिमीहरु को पनि ज्ञानेन्द्र कै जीवन हुन धेरै समय नलाग्ला।।।

    Comment Author

    Gurung Man

    मूर्ख देखि दैवा पनि डराँछन् रे भन्थे । त्यसैले यदि डाक्टर गोविन्द त भगवान हुन् भने बैगूनीलीई गुणले मार्छ रे , कृपय डाक्टर वा उहांको …… (के )भन्नेहरुले आफै बांच्ने काम गर्नु नै बुद्दिमानी होला ।

    Comment Author

    Bhakta Raj

    Yslai mrn den ho kin chekup grnu pryo yo vatmara jo jagirko time ma bhana bnayr sutira kam grnko dukhle bideshma vako vy jagir chat pari trminet grthyo nepalma usaiko sewa grirax ani vutrako hunx prgti

    Comment Author

    Santa Rai

    Murkha haruko vidma yo pani euta rahechha

    Comment Author

    Santa Rai

    Gobinda neupane sir Dr.govida lai hami bujhna sakchhau Tara tarika ra samaya sahi bhayena yo ek tarikale herda publicity jasto pani bhanna sakinne khalko dekhinnu chha hamilai thaha he is very good and his purposes haru best regard chha specially ground label ko lagi but some sectors focusing that critical issues , ani democracy ma well competition Sadhai hunchha he has to know the time

    Comment Author

    Santa Rai

    Gobinda neupane sir Dr.govida lai hami bujhna sakchhau Tara tarika ra samaya sahi bhayena yo ek tarikale herda publicity jasto pani bhanna sakinne khalko dekhinnu chha hamilai thaha he is very good and his purposes haru best regard chha specially ground label ko lagi but some sectors focusing that critical issues , ani democracy ma well competition Sadhai hunchha he has to know the time

    Comment Author

    Tanka Giri

    रहरले बसेको अनसनलाइ केको उपचार अस्पतालमा बिरामी छोडेर अनसन बस्ने गोबिन्द केसिको अनस के बाध्यता थियो

    Comment Author

    Ishwar Kunwar

    Bato xoto hudae xa budako

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?