अष्ट्रेलियामै रबी लामिछानेसँग यसरी गुनासो पोखे नेपालीले

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १३, २०७६
|
|
३३ पटक हेरिएको
Shares
अष्ट्रेलियामै रबी लामिछानेसँग यसरी गुनासो पोखे नेपालीले

सारांश

  • धेरै नेपाली युवाको सपनाको देश अष्ट्रेलियामा जीवन बिताइरहेका नेपालीहरु पनि अनेकन समस्याबाट ग्रस्त छन् ।
  • अष्ट्रेलिया पुगेको ‘सीधा कुरा जनतासँग’ टिमले पहिलो दिन सिड्नीमा रहेका नेपाली समूदायका विद्यार्थी तथा अन्य व्यक्तिहरुसँग अन्तरक्रिया गर्दा समस्या उजागर भएको हो ।
  • अन्तरक्रियाबाट ‘सीधा कुरा’ टिमले अष्ट्रेलियामा अध्ययन तथा रोजगारीको सिलसिलामा विषेश गरी विद्यार्थीले भोगेको समस्यालाई नियाल्ने प्रयास गरेको थियो ।

धेरै नेपाली युवाको सपनाको देश अष्ट्रेलियामा जीवन बिताइरहेका नेपालीहरु पनि अनेकन समस्याबाट ग्रस्त छन् । अष्ट्रेलिया पुगेको ‘सीधा कुरा जनतासँग’ टिमले पहिलो दिन सिड्नीमा रहेका नेपाली समूदायका विद्यार्थी तथा अन्य व्यक्तिहरुसँग अन्तरक्रिया गर्दा समस्या उजागर भएको हो । अन्तरक्रियाबाट ‘सीधा कुरा’ टिमले अष्ट्रेलियामा अध्ययन तथा रोजगारीको सिलसिलामा विषेश गरी विद्यार्थीले भोगेको समस्यालाई नियाल्ने प्रयास गरेको थियो । विषेश गरी नेपालका कन्सल्टेन्सीले भने अनुसारका कलेज नहुनु, कतिपय अवस्था कलेजनै अवैध हुनु लगाएतका समस्या अधिकांश विद्यार्थीका थिए ।

विद्यार्थीले अष्ट्रेलियामा हुँदा अभि भावक ठान्ने नेपाली दुतावास र गैर आवासीय नेपाली संघ एन आरएनबाट समेत जटिल समस्या पर्दा सहयोग नपाएको विद्यार्थीको गुनासो थियो । एन आरएनको सदस्य बनाउन २५ डलर लिन हतार गर्ने पदाधिकारीहरुले कसैको मृत्यु पश्चात शव नेपाल पठाउनसमेत सहयोग नगरेको भन्दै आक्रोश पोखे । कार्यक्रममा उठेका विषयलाई सम्बोधन गर्न एनआरएन, कन्सल्टेन्सी, कानून व्यवसायीका प्रतिनिधिको उपस्थिति थियो ।

तर अधिकांश विद्यार्थीको आक्रोश जवाहदेही अधिकारीहरुप्रति नै थियो । विद्यार्थी बाहेक अष्ट्रेलियामा रहेका नेपाली समूदायमा पारिवारिक विचलनको समस्या पनि कार्यक्रम उठे । कार्यक्रममा उपस्थित एक महिलाले श्रीमान र आफ्नै नेपाली कानून व्यवसायीले थाहै नपाई सम्बन्धबिच्छेद गराएर आफूलाई सडकमा पुर्याएको दुखेसो गरेकी थिइन् ।

महिलाको यस्तो आक्रोशपछि भने उनको मुद्धा हेरिरहेको कानून व्यवसायी खिलेन्द्र तिमिल्सिनाले व्यक्तिगत रुपमा सहयोग गरेपनि कानूनी रुपमा सहयोग गर्न नसकेको जवाफ दिएका थिए ।

सरोकारवाला व्यक्तिले उठेका प्रश्नको जवाफ दिएपनि विद्यार्थीहरु भने सन्तुष्ट थिएन । विद्यार्थीहरु समस्याको चाङले आक्रोशित थिए । कार्यक्रममा अष्ट्रेलियास्थित नेपाली दुतावासका काम कारवाहीका विषयमा निकै प्रश्न उठेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकाे काम अघि बढेन
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकाे काम अघि बढेन
एकता प्रतिवेदन तयार नहुनुमा विष्णु पौडेल भिलेन बनेको खुलासा !
एकता प्रतिवेदन तयार नहुनुमा विष्णु पौडेल भिलेन बनेको खुलासा !
राजधानीको एक बस्तीमा भुतप्रेत, विश्वास नलागे क्यामेरामै रेकर्ड भएको यो भिडियो हेर्नुहोस्
राजधानीको एक बस्तीमा भुतप्रेत, विश्वास नलागे क्यामेरामै रेकर्ड भएको यो भिडियो हेर्नुहोस्
धेरै फराकिलो मतान्तरले मैले चुनाव जित्दैछु : जगत बहादुर तामाङ
धेरै फराकिलो मतान्तरले मैले चुनाव जित्दैछु : जगत बहादुर तामाङ
स्वास्थ्य क्षेत्रको सुधार र व्यवस्थापन गर्दैछौँ: मुख्यमन्त्री शाह
स्वास्थ्य क्षेत्रको सुधार र व्यवस्थापन गर्दैछौँ: मुख्यमन्त्री शाह
सुनको मूल्य रु ३०० ले वृद्धि
सुनको मूल्य रु ३०० ले वृद्धि
फेरिँदैछ नेपालगञ्ज विमानस्थल
फेरिँदैछ नेपालगञ्ज विमानस्थल
धर्मराउन लागेको अदालतको जनआस्था बढाउन प्रतिवद्ध छु : प्रधानन्यायधीश राणा
धर्मराउन लागेको अदालतको जनआस्था बढाउन प्रतिवद्ध छु : प्रधानन्यायधीश राणा
ओली र प्रचण्डलाई बस्न छुट्टै कुर्सी छैनन् !
ओली र प्रचण्डलाई बस्न छुट्टै कुर्सी छैनन् !
प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्म दुई हजार २६५ प्रहरी कारवाहीमा !
प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्म दुई हजार २६५ प्रहरी कारवाहीमा !

तपाईंले छुटाउनुभयो कि?