फ्रान्सका स्टार एन्टोइन ग्रिजम्यानले मड्रिड किन छोड्न लागे ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १, २०७६
|
|
२३ पटक हेरिएको
Shares
फ्रान्सका स्टार एन्टोइन ग्रिजम्यानले मड्रिड किन छोड्न लागे ?

सारांश

  • काठमाडौं।
  • फ्रान्सका स्टार एन्टोइन ग्रिजम्यानले आफूले यही समरमा एथ्लेटिको मड्रिड छाड्न लागेको प्रस्ट पारेका छन् ।
  • क्लवको अफिसियल ट्वीटर ह्याण्डलमा पोस्ट गरिएको भिडियोमा फ्रेन्च स्टार ग्रिजम्यानले क्लव छाड्न लागेको बताएका हुन् ।

काठमाडौं। फ्रान्सका स्टार एन्टोइन ग्रिजम्यानले आफूले यही समरमा एथ्लेटिको मड्रिड छाड्न लागेको प्रस्ट पारेका छन् । क्लवको अफिसियल ट्वीटर ह्याण्डलमा पोस्ट गरिएको भिडियोमा फ्रेन्च स्टार ग्रिजम्यानले क्लव छाड्न लागेको बताएका हुन् । ग्रिजम्यान अघिल्लो समरमा मात्रै ५ वर्षका लागि एथ्लेटिकोमा अनुबन्धित भएका थिए । तर, अहिले भने उनी आफैंले क्लवसँगको सम्झौता आगामी शनिबार हुने लेभान्टेविरुद्धको खेलपछि समाप्त हुने बताएका छन् ।

ग्रिजम्यानलाई स्पेनिस जाइन्ट बार्सिलोनाले भित्र्याउन लागेको खबर छ । पछिल्लो समय च्याम्पियन्स लिग सेमिफाइनलमा अप्रत्याशित हारपछि बार्सिलोनाले कोच भालभर्देसँगै ११ खेलाडी हटाउन लागेको खबर बाहिरिएको थियो । बार्सिलोनाले बेच्न लागेका खेलाडीको सूचिमा स्टार खेलाडीहरु पनि छन् । ती खेलाडीहरुको ठाउँमा नयाँ खेलाडी भित्र्याउन बार्साले गृहकार्य गरिरहेको बताइएको छ । यही बीचमा बार्साले ग्रिजम्यानलाई ल्याउन लागेको बताइएको छ ।

बार्सिलोनाले यसअघि ग्रिजम्यानको लागि १३० मिलियन युरो तिर्न तयार भएको गोल डटकमले लेखेको छ । भिडियोमा ग्रिजम्यानले आफूले नयाँ चुनौती खोज्नका लागि क्लव छाड्न लागेको बताएका छन् । उनले यो निर्णय क्लवका म्यानेजर र सिइओसँग छलफलपछि लिएको बताएका छन् । ‘क्लवका अधिकारीसँग छलफलपछि म अब फ्यानहरुसँग कुरा गर्न चाहन्छु जसले मलाई धेरै माया दिनुभएको छ’ ग्रिजम्यानले भनेका छन् ।

‘मैले क्लव छाड्ने निर्णय गरेको छु । यहाँ मैले ५ वर्ष बिताएँ जहाँ मैले निकै महत्वपूर्ण ट्रफीहरु जितेको छु’ उनले भने । एथ्लेटिकोमा पाँच वर्ष रहँदा ग्रिजम्यानले आफूलाई संसारका टप आक्रामक खेलाडीको रुपमा स्थापित गराए र गत सिजन आफ्नो क्लवलाई युरोपा लिगको उपाधि दिलाए । ग्रिजम्यानले यो सिजन ला लिगामा १५ गोल गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?