कान्तिपुरमा सिरोहियाले एउटा समाचारका लागि २ करोड मागेको सुमार्गीको आरोप !

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०७४
|
|
१७ पटक हेरिएको
Shares
कान्तिपुरमा  सिरोहियाले एउटा समाचारका लागि २ करोड मागेको सुमार्गीको आरोप !

सारांश

  • कैलाश सिरोहियाले मलाई ब्ल्याकमेल गरे: काठमाण्डौ ३ माघ,।
  • उद्योगी अजयराज सुमार्गीले कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाले आफूमाथि ब्ल्याकमेल गरेको आरोप लगाएका छन् ।
  • सिरोहियाले आफ्ना संचार माध्यमहरुको दुरूपयोग गर्दै आफ्ना बारेमा झुटा समाचार प्रकाशन तथा प्रशारण गरेको आरोप सुमार्गीले लगाएका हुन् ।

कैलाश सिरोहियाले मलाई ब्ल्याकमेल गरे:

काठमाण्डौ ३ माघ,। उद्योगी अजयराज सुमार्गीले कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाले आफूमाथि ब्ल्याकमेल गरेको आरोप लगाएका छन् ।

सिरोहियाले आफ्ना संचार माध्यमहरुको दुरूपयोग गर्दै आफ्ना बारेमा झुटा समाचार प्रकाशन तथा प्रशारण गरेको आरोप सुमार्गीले लगाएका हुन् ।

सोमबार मुक्तिश्री टावरमा पत्रकार सम्मेलन गर्दै सुमार्गी भने, ’मेरो बारेमा पटक पटक सामग्री प्रकाशन–प्रसारण गर्दासमेत मसँग एक पटक पनि प्रतिक्रिया लिने चेष्टा गरिएन, जुन विषय पत्रकारिताको सामान्य सिद्धान्तविपरीत छ ।’

२०७० सालमा बेचेको जग्गा पुरानै मूल्यमा पाउनुपर्छ भन्दै सिरोहियाले पटक पटक आफूलाई दबाब दिएको सुमार्गीको दाबी थियो ।
सुमार्गीले आफूले स्वदेशमा ल्याएको वैदेशिक ऋणलाई सिरोहियाले आफ्ना संचार माध्यम दुरूपयोग गरेर अफवाह फैलाइरहेको बताए । जनतामा भ्रम छर्ने गरी सिरोहियाले काम गरिरहेको उनको आरोप छ ।

सुमार्गीले पहिल्यै आफूलाई बेचिसकेको जग्गा फिर्ता लिन सिरोहियाले ब्ल्याकमेल गरिरहेको दाबी गरेका छन् । उनले सुरुवातमा आफ्नोविरुद्धमा समाचार लेखेपछि अर्को दिन गल्ती भयो भनेको र त्यसबेला खण्डन नपठाएको समेत प्रतिक्रिया दिएका छन् ।

कुनैबेला अफूविरुद्धको एउटा समाचार तयार गरेर २ करोड रुपैयाँ दिने भए समाचार प्रकाशन नगर्ने भनि ब्ल्याकमेल गरेको सुमार्गीले बताए । सोल्टी होटलमा रक्सी खान बोलाएर २ करोड रुपैयाँ दिने भए समाचार प्रकाशन गर्दिन भनेर फकाएको सुमार्गीको दाबी छ ।

“एनआरएनको कार्यक्रम थियो । सिरोहियाजिले मेरो हात समातेर अर्को हलमा लागनुभयो । हाइज्याक गरेको हो तिमिीलाई २ करोडमा भन्नुभयो । मैले त्यो दिन बुझ्दै बुझिन । के बुझिन भने, भोली पत्रिकामा आउँदैछ, आज दुई करोड दिन्छस् पो भनियारैछ ।” सुमार्गीले भने । “बेस्सरी रक्सी मगाउनुभयो, खानुभयो । त्यो बिल पनि मैले नै तिरेर उठेको हो ।”

त्यसबेलाको साक्षीहरु पूर्व आइजिपी उपेन्द्रकान्त अर्यालसमेत रहेको सुमार्गीले बताए ।

“त्यसबेलाका साक्षीहरु चिन्न चाहनुहुन्छ भने, आइजिपी बनिसक्नुभएको थिएन । उपेन्द्रकान्त अर्याल । अरु थुप्रै हुनुहुन्थ्यो । मेरा दाजुहरु पनि थिए । मेरा ज्वाईहरु पनि थिए । मैले ठट्टा सम्झेको थिएँ । तर होइन रैछ ।” सुमार्गीले सोल्टी होटलको २५ असोज २०७१ को त्यो साँझ सम्झँदै थपे ।

उनले कान्तिपुरले कुनै पनि व्यवसाय वा उद्योग सुरु गरेवापत ’गोल्डेन शेयर’ दिनै पर्ने बनाएको समेत बताएका छन् । ’केही काम गर्न नपर्ने तर कसैले उद्योग वा व्यवसाय सुरु गरेवापत केही प्रतिशत शेयर कैलास सिरोहियालाई भनेर गोल्डेन शेयर दिनै पर्ने’, सुमार्गीले भने ।

उनले गोल्डेन शेयरबाट आफू मात्रै पीडित नभई धेरै उद्योगी व्यवसायी पीडित भएको र त्यस्ता व्यवसायीलाई अब आफूले साथ दिने बताए । सिरोहियाको त्यस्तो कदमले विदेशबाट नेपालमा लगानी गर्न इच्छुक कम्पनीहरू निरुसात्हित हुन पुगेको सुमार्गीको भनाई छ ।

सम्पत्ति शुद्धीकरण विभागको प्रतिवेदनको हवाला दिँदै सिरोहियाले सम्प्रेषण गरेको समाचार झूठो भएको दाबी सुमार्गीको छ ।
सिरोहियाका गलत धन्दाबारे आफूसँग पर्याप्त प्रमाण भएको र ती समयसँगै सम्बन्धित निकायमा प्रस्तुत गर्न आफू तयार रहेको पनि व्यवसायी सुमार्गीले प्रस्ट पारे

https://youtu.be/zatrle58gF0

https://shikharkhabar.com/2018/01/07/42385/

https://shikharkhabar.com/2017/12/28/39653/

https://shikharkhabar.com/2018/01/15/44417/

 

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन भेटेनन् माेदीले प्रचण्ड र देउवा लाई ?
जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो
जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो
सदस्यता वार्तामा सहमत भए पनि ओर्बानद्वारा युक्रेनका लागि इयुको सहायता अवरुद्ध
सदस्यता वार्तामा सहमत भए पनि ओर्बानद्वारा युक्रेनका लागि इयुको सहायता अवरुद्ध
चालु खाता घाटा साढे ४४ अर्ब, विदेशी मुद्रा सञ्चिति १४ खर्ब
चालु खाता घाटा साढे ४४ अर्ब, विदेशी मुद्रा सञ्चिति १४ खर्ब
नेतृत्वमा कुरा मिल्यो, प्रचण्ड कार्यकारी अधिकारसहित कार्यवाहक अध्यक्ष बन्ने
नेतृत्वमा कुरा मिल्यो, प्रचण्ड कार्यकारी अधिकारसहित कार्यवाहक अध्यक्ष बन्ने
लोडसेडिङ नहुने बताउँदै कुलमानले गरे यस्तो आग्रह
लोडसेडिङ नहुने बताउँदै कुलमानले गरे यस्तो आग्रह
याे हाे विश्वकाे सबैभन्दा ठूलाे विमानिस्थल (फाेटाे सहित)
याे हाे विश्वकाे सबैभन्दा ठूलाे विमानिस्थल (फाेटाे सहित)
औद्योगिक वातावरण बनाउनु सरकारको लक्ष्य : मन्त्री रिजाल
औद्योगिक वातावरण बनाउनु सरकारको लक्ष्य : मन्त्री रिजाल
नेसनल पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख भ्रष्टाचार
नेसनल पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख भ्रष्टाचार
यस्ता छन् कांग्रेसबाट प्रदेश र प्रतिनिधिसभाका उम्मेद्वार (अन्तिम नामावलीसहित)
यस्ता छन् कांग्रेसबाट प्रदेश र प्रतिनिधिसभाका उम्मेद्वार (अन्तिम नामावलीसहित)

तपाईंले छुटाउनुभयो कि?