किन भेटेनन् माेदीले प्रचण्ड र देउवा लाई ?
सारांश
- काठमाडौं, १५ भदौ ।
- काठमाडौंमा आयोजना भएको चौथो विमस्टेक शिखर सम्मेनलमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटक नेपालका पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादवलगायतका शीर्ष नेताहरुसँग भेटवार्ता गरेनन् ।
- यसअघि नेपालमै आयोजना भएको १८ औं सार्क शिखर सम्मेनलमा भाग लिन आउँदा मोदीले नेपालका विभिन्न शीर्ष राजनीतिक व्यक्तिहरुसँग भेटवार्ता गरेका थिए।
काठमाडौं, १५ भदौ । काठमाडौंमा आयोजना भएको चौथो विमस्टेक शिखर सम्मेनलमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटक नेपालका पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादवलगायतका शीर्ष नेताहरुसँग भेटवार्ता गरेनन् ।
यसअघि नेपालमै आयोजना भएको १८ औं सार्क शिखर सम्मेनलमा भाग लिन आउँदा मोदीले नेपालका विभिन्न शीर्ष राजनीतिक व्यक्तिहरुसँग भेटवार्ता गरेका थिए। तर, यसपटक भने उनले नेपालका नेताहरुसँग कुनै भेटवार्ता नै गरेनन् । हुन त, उनको यो सम्मेलनमा भाग लिन आउँदा नेपालका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको थिएन् ।
सम्मेलनको उद्धघाट्नकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको रात्रिभोजमा भने मोदीले नेपालका शीर्ष राजनीतिक व्यक्तिहरुसँग अनौपचारिक भेटवार्ता गरेका थिए ।मोदीले विमस्टेक शिखर सम्मेलनमा आतंकवादविरुद्ध एकजुट भएर लड्ने उद्धघोष गरेका छन् । त्यस्तै, उनले भारतमा विमस्टेक सदस्य राष्ट्रलाई लक्षित गरेर बेअ अफ द बंगाल स्टडिज सेन्टरसमेत स्थापना गर्ने घोषणा गरेका छन् । विमस्टेकका महिला सांसदहरुलाई जोड्न विशेष फोरम समेत गठन गर्ने घोषणा गरेका छन् ।
मोदीले अघि सारेका प्रायः सबै प्रस्तावमाहरु सदस्य राष्ट्रका प्रमुख तथा सरकार प्रमुखहरुपनि सकारात्मक छन् । मोदीको यो चौथो पटकको नेपाल भ्रमण हो । यसअघि नेपाल भ्रमणमा आउँदा उनले नेपालको आन्तरिक विषयमा चासो र चिन्ता व्यक्त गर्ने गरेका थिए । तर, यसपटक भने उनले नेपालको आन्तरिक विषयमा कुनै चासो राखेनन् ।
भाेज बम
सायद केपिकाे तुलनामा उहाहरु देश पिरेमि नेता भयर हाेलानि
Girindra Jang Gurung
किन भेट्नु पर्यो र कूकुर बिरालो सबैलाई ? काम कुरो पनि त हुनुपर्यो नि |
Shrestha Ramesh
Rastra prmuk ho byakti parmuka hoinana kp ko jhatti le tauko dukx…budLe budhi puraye
Amrit Bohara
मोदी सम्मेलनमा भागलिन आएका हुन भेटघाटको लागि होईन बेकारको समाचार
Himal Ck
Manxa laya ku manxa lai vetnu pardaina
Bishnu Shrestha
पत्रुको के काम भनेर अबश्यपनि होइननैहोला। पत्रु भन्नाले बर्तमान अबस्थाले तातोभूतलो केही काम नगर्ने ।कामलिनै परे ढाल्नु पर्ने हुन्छ ।
Buddhipd Rai
हिन्दू~स्थानी प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूतपूर्व प्रधानमन्त्रीहरुलाई भेट नदिएर/दर्शनभेट नदिएर आफ्नो तर्फबाट नयाँ सन्देश/नयाँ हूकुम प्रमाङ्गी जारी गरेको संकेत मिल्दछ/मिलेको छ जसमा:~
नेपालमा सबै नेताहरुले खडग प्रसाद ओली शर्मजीलाई नेताको पनि नेता सर्वोच्च नेता मान्नु र नेपालको एक मात्र नेता भनेको खडग प्रसाद ओलीजी नै हुंदा निज भाइसाप खडग प्रसाद ओलीजीको एकल नेतृत्वमा अन्य तपसिलका सबै नेताहरु लामवध्द रहनु?!!!!!!
Chandra Rai
कोसेली ल्याथियन रे तेसैले नभेटेको भन्थे
Rajendra Kshetri
Palara xodako kukur lai kina bhatne bhanara hola ni .
Shukdev Bhattarai
स्वार्थी पन ।
Madhavraj Pandey
ओली बाटै सवै काम फत्त्ये हुने भ्एर होला ।