यतिसँग नेकपाको साइनो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १८, २०७६
|
|
२४ पटक हेरिएको
Shares
यतिसँग नेकपाको साइनो

सारांश

  • सगरमाथा आरोहणमा जानुअघि पासाङ ल्हामु शेर्पा तत्कालीन एमाले महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितलाई भेट्न पार्टी कार्यालय बागबजार पुगिन् ।
  • उनीहरूबीच केही भलाकुसारी भए ।
  • पहिलो महिला आरोही बनेर इतिहास लेख्न तम्सिएकी शेर्पालाई राजनीतिमा जबर्जस्त स्थान बनाइरहेका भण्डारीले सफल आरोहणको शुभेच्छा मात्रै दिएनन्, सगरमाथामा फहराउन पार्टीको झन्डा पनि दिए ।

सगरमाथा आरोहणमा जानुअघि पासाङ ल्हामु शेर्पा तत्कालीन एमाले महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितलाई भेट्न पार्टी कार्यालय बागबजार पुगिन् । उनीहरूबीच केही भलाकुसारी भए । पहिलो महिला आरोही बनेर इतिहास लेख्न तम्सिएकी शेर्पालाई राजनीतिमा जबर्जस्त स्थान बनाइरहेका भण्डारीले सफल आरोहणको शुभेच्छा मात्रै दिएनन्, सगरमाथामा फहराउन पार्टीको झन्डा पनि दिए ।

आरोही पासाङ ल्हामु शेर्पालाई सगरमाथामा फहराउन पार्टी झन्डा दिँदै तत्कालीन एमाले महासचिव मदन भण्डारी । ३२ वर्षीया शेर्पा आरोहण सकेर फर्किंदा सगरमाथाकै हिमपहिरोमा पुरिइन् । यो २०५० वैशाख १० गतेको कुरा हो । उता शेर्पाको शव नभेटिँदै उनीसँग पार्टीका तर्फबाट अन्तिम भेट गर्ने भण्डारी र आश्रित चढेको गाडी चितवनको दासढुंगामा पल्टियो, उनीहरूको घटनास्थलमै निधन भयो । भण्डारी–आश्रित दुर्घटनालाई तत्कालीन एमालेले रहस्यमयी भन्दै घटनाको छानबिन गर्ने बताउँदै आयो । दुर्घटना भएको २६ वर्ष पुगिसक्यो, रहस्य गर्भमै छ । मदन भण्डारी र पासाङ ल्हामु शेर्पा दुवै आज यो संसारमा छैनन् । तर उनीहरूकै कारण जोडिएको एमाले र शेर्पा परिवारको सम्बन्धको ‘पहेली’ भने उघ्रिन सुरु भइसकेको छ । यसको पछिल्लो उदाहरण हो– शेर्पाको परिवारले सञ्चालन गरिरहेको व्यापारिक समूह ‘यति वर्ल्ड नेपाल’ प्रति सरकारको सदाशयता ।

२०६२र६३ को जनआन्दोलनअघिसम्म यति समूह त्यति चर्चामा थिएन । जब उसको सम्पर्क जोडिएको तत्कालीन एमाले राजनीतिको अग्रभागमा छाउन थाल्यो, यतिको व्यापारिक सञ्जाल पनि विस्तार हुँदै गयो । यति समूहका हर्ताकर्ताका रूपमा पासाङ ल्हामुका देवर आङछिरिङ शेर्पा देखापरे । उनले एमाले नेतृत्वसँग सम्बन्ध झन् घनिष्ठ बनाउँदै गए । यति एयर चलाइरहेका आङछिरिङको नजर सबभन्दा पहिला गोकर्ण रिसोर्टमा अडियो । पूर्वराजपरिवारको स्वामित्वमा रहेको उक्त रिसोर्ट र गल्फ कोर्स सिंगापुरको एलएम सुभिर ब्रदर्स ट्रेडिङ प्रालिले २०५२ देखि ‘लिज’ मा सञ्चालन गरिरहेको थियो । गणतन्त्र आएपछि नेपाल ट्रस्टमातहत आएको उक्त रिसोर्ट हात पार्ने कसरतमा यति समूहले सबभन्दा बढी साथ पायो, अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको । नेकपाका एक उच्च नेताका भनाइमा, २०६६ सालमा यतिले सुभिरसँग गोकर्ण रिसोर्टको ५१ प्रतिशत सेयर किन्न सक्ने व्यवस्था गरिदिन ओली तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसँग आग्रह गरिरहन्थे ।

तर नेपालले ओलीको कुरा सुनेनन् । त्यतिखेर नेपाल ट्रस्टको जग्गा भाडामा दिने काम नै केही समयका लागि बन्द गरिएको थियो । अन्ततः २०६७ सालमा एलएम सुभिर ब्रदर्सको सेयर खरिद गर्न यति समूह सफल भयो । लगत्तै मन्त्रिपरिषद्मा पहिलो प्रस्ताव नै गोकर्ण फरेस्ट रिसोर्टको लिज अवधि बढाउनुपर्छ भनेर गएको थियो । तत्कालीन गृहमन्त्री एवं ट्रस्टका अध्यक्ष भीम रावल रिसोर्टको लिज अवधि बढाउनेबारे मन्त्रिपरिषद्‌मा प्रस्ताव आए पनि त्यतिखेर कुनै निर्णय नभएको सम्झिन्छन् । ‘सुभिरका तर्फबाट लिज अवधि बढाउने प्रस्ताव आएको थियो तर केही गर्न सकिन्न भनेर हामीले निर्णय गरेनौं,’ रावलले कान्तिपुरसँग भने ।

ओलीसँग यति समूहको निकटताको अर्को उदाहरण हो– २०६८ मा उनका विश्वासपात्र गोकुल बाँस्कोटा पासाङ ल्हामु शेर्पा पर्वतारोहण प्रतिष्ठानको सदस्यमा चुनिनु । २०६८ वैशाख १७ गते बाँस्कोटालाई प्रतिष्ठानको सदस्य चयन गरियो । कृपासुर शेर्पा अध्यक्षमै दोहोरिए । यति समूहसँग ओलीसँगै बाँस्कोटा पनि नजिक भए । हाल सरकारमा प्रवक्तासमेत रहेका उनी ‘यति’ बारे सरकारले गरेका निर्णयको बचाउमा बोलिरहन्छन् । २०६९ कात्तिकमा ओली गम्भीर बिरामी परे । उनलाई एयर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अस्पताल पुर्‍याइयो । दुई सातापछि स्वदेश फर्किए । त्यसको केही दिनमै फेरि बिरामी भएपछि उनी उपचारका लागि सिंगापुर गए । ओली त्यो उपचारको स्मरण अहिले पनि आफू निकटस्थहरूसँग गरिरन्छन् । ‘त्यो बेला मलाई आङछिरिङले बेस्सरी स्याहारसुसार गरेका थिए,’ ओलीको भनाइ उद्धृत गर्दै उनीनिकट एक नेताले भने ।

गोकर्ण रिसोर्ट यति समूहले सञ्चालन गर्न थालेपछि एमालेका नेताहरू बारम्बार त्यहाँ गइरहन्थे । २०६७ यता उनीहरूको आउजाउ अझ बाक्लिन थाल्यो । पार्टीका महत्त्वपूर्ण छलफल र बैठकहरू त्यहीं हुन थाले । त्यतिखेर संविधानका गम्भीर अन्तरवस्तु र सत्ता समीकरण फेरबदलका बैठकहरू पनि धेरैपटक गोकर्ण रिसोर्टमा भए । त्यही रिसोर्टमा बसेर एमाले नेताहरूले गरेको नाचगानको तस्बिर लामो समयसम्म आलोचित र विवादित बनिरह्यो । कान्तिपुर दैनिकबाट

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोपाल खड्कालाई कारवाहीको माग गर्दै सिंहदरबार पुग्यो वाईसीएल
गोपाल खड्कालाई कारवाहीको माग गर्दै सिंहदरबार पुग्यो वाईसीएल
केपी ओली अल्पमतमा पर्ने भएपछि सचिवालय वैठक अवरुद्ध भएको आशंका, छलफलमा जुटे प्रचण्ड, बामदेव र नारायणकाजी
केपी ओली अल्पमतमा पर्ने भएपछि सचिवालय वैठक अवरुद्ध भएको आशंका, छलफलमा जुटे प्रचण्ड, बामदेव र नारायणकाजी
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त सुरेन्द्र कुमार पौडेललाई उदयपुरमा भब्य नागरिक अभिनन्दन
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त सुरेन्द्र कुमार पौडेललाई उदयपुरमा भब्य नागरिक अभिनन्दन
The X couple Ranbir and Katrina Kaif are shooting in a different schedule for IPL final party toh banti hai !!!
The X couple Ranbir and Katrina Kaif are shooting in a different schedule for IPL final party toh banti hai !!!
शेरबहादुर देउवा : अत्तो थाप्दै सत्ताको आयु लम्ब्याउँदै
शेरबहादुर देउवा : अत्तो थाप्दै सत्ताको आयु लम्ब्याउँदै
लेन अनुशासन पालना नगर्ने चौध हजार चालक कारवाहीमा
लेन अनुशासन पालना नगर्ने चौध हजार चालक कारवाहीमा
पक्कि पुलकाे क्षति हुँदा नेपाल–चीन आवतजावत बन्द
पक्कि पुलकाे क्षति हुँदा नेपाल–चीन आवतजावत बन्द
संविधान कार्यान्वयनमा जोड
संविधान कार्यान्वयनमा जोड
ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा ध्यान दिन राष्ट्रपतिको आग्रह !
ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा ध्यान दिन राष्ट्रपतिको आग्रह !
मनको इच्छा पुर्याउने कालिञ्चोक भगवती
मनको इच्छा पुर्याउने कालिञ्चोक भगवती

तपाईंले छुटाउनुभयो कि?