औद्योगिक वातावरण बनाउनु सरकारको लक्ष्य : मन्त्री रिजाल

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०८०
|
|
३८ पटक हेरिएको
Shares
औद्योगिक वातावरण बनाउनु सरकारको लक्ष्य : मन्त्री रिजाल

सारांश

  • वीरगञ्ज ।
  • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार उद्योगी व्यवसायीको समस्यालाई समाधान गरी मुलुकमा औद्योगिक वातावरण बनाउन लागिपरेको बताएका छन् ।
  • मन्त्रालयद्वारा आज वीरगञ्जमा आयोजित सरकारको वाणिज्य नीतिसम्बन्धी मधेस प्रदेशस्तरीय अन्तरक्रिया तथा छलफलमा उहाँले उद्योगी व्यवसायीले उठाउँदै आएको लेवलिङ, कर तथा आयात र निर्यात लगायतका समस्याप्रति सरकार गम्भीर रहेकाले छिट्टै समाधान हुने बताए ।

वीरगञ्ज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार उद्योगी व्यवसायीको समस्यालाई समाधान गरी मुलुकमा औद्योगिक वातावरण बनाउन लागिपरेको बताएका छन् ।

मन्त्रालयद्वारा आज वीरगञ्जमा आयोजित सरकारको वाणिज्य नीतिसम्बन्धी मधेस प्रदेशस्तरीय अन्तरक्रिया तथा छलफलमा उहाँले उद्योगी व्यवसायीले उठाउँदै आएको लेवलिङ, कर तथा आयात र निर्यात लगायतका समस्याप्रति सरकार गम्भीर रहेकाले छिट्टै समाधान हुने बताए ।

“मुलुकको अर्थतन्त्रका मेरुदण्ड उद्योग, व्यवसायी भएकाले उद्योगी व्यवसायीको समस्या समाधान गरी मुलुकमा औद्योगिक वातावरण निर्माण गर्नु सरकारको लक्ष्य छ”, मन्त्री रिजालले भने, त्यसैले सरकारद्वारा ल्याउन लागिएको वाणिज्य नीतिका विषयमा सरोकारवालासँग छलफल अघि बढाइएको हो ।” सरोकारवालाको सुझावका आधारमा सरकारले वाणिज्य नीति ल्याउने उनको भनाइ थियो ।

राजनीतिक परिवर्तन भए पनि आर्थिक, सामाजिक लगायतका परिवर्तन अझै परिवर्तन हुन नसकेकाले मुलुकको अर्थतन्त्र सुदृढ हुन नसकेको जिकिर गर्दै मन्त्री रिजालले अब राजनीतिक स्थिरता कायम गरी आर्थिक र सामाजिक रुपान्तरणमा सबैले ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

सरकारले घोषणा गरेको वीरगञ्ज–पथलैया आर्थिक करिडोरलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिए ।

कार्यक्रममा मधेस प्रदेश सरकारका उद्योगा वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारी, वीरगञ्ज हानगरपालिकाका प्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, उद्योग वाणिज्य सङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी लगायतले सरकारले लगाएको दोहोरो, तेहोरो करका कारण उद्योगी व्यवसायी मरमा परेकाले एकै ठाउँमा कर तिर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने सुझाव दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जाडोमा छाला जलेर कालो भएको छ भने यस्ता छन् केही घरेलु उपायहरु !
जाडोमा छाला जलेर कालो भएको छ भने यस्ता छन् केही घरेलु उपायहरु !
पश्चिपतिर घुम्न जाँदा केकीले यि युवकसँग केके गरिन्( हेर्नुहोस् भिडियो)
पश्चिपतिर घुम्न जाँदा केकीले यि युवकसँग केके गरिन्( हेर्नुहोस् भिडियो)
ट्रम्पद्वारा मेक्सिको सीमामा पर्खाल बनाउन फेरि ८.६ अर्ब डलर माग
ट्रम्पद्वारा मेक्सिको सीमामा पर्खाल बनाउन फेरि ८.६ अर्ब डलर माग
गैँडाको आक्रमणबाट एकको मृत्यु
गैँडाको आक्रमणबाट एकको मृत्यु
नवनियुक्त प्रहरी महानिरीक्षक थापा : सरकारको निःस्वार्थ सेवाका लागि प्रतिबद्ध छु
नवनियुक्त प्रहरी महानिरीक्षक थापा : सरकारको निःस्वार्थ सेवाका लागि प्रतिबद्ध छु
कांग्रेस नेताहरु ३ बजे किन जाँदैछन् शितलनिवास  ?
कांग्रेस नेताहरु ३ बजे किन जाँदैछन् शितलनिवास ?
मुख्यमन्त्री अधिकारी भन्छन् : प्रदेश सङ्ग्रहालय अनुसन्धानको केन्द्र हाे
मुख्यमन्त्री अधिकारी भन्छन् : प्रदेश सङ्ग्रहालय अनुसन्धानको केन्द्र हाे
मन्त्री बास्कोटाको तर्क, ‘जय नेपाल पनि राजा महेन्द्रले भन्थे’
मन्त्री बास्कोटाको तर्क, ‘जय नेपाल पनि राजा महेन्द्रले भन्थे’
काष्ठमण्डप पुनःनिर्माण ७० प्रतिशत पुरा, धुरी राखियो
काष्ठमण्डप पुनःनिर्माण ७० प्रतिशत पुरा, धुरी राखियो
गोदामघर सञ्चालनमा ल्याउन मुख्यमन्त्री जमकट्टेलको निर्देशन
गोदामघर सञ्चालनमा ल्याउन मुख्यमन्त्री जमकट्टेलको निर्देशन