रुपन्देहीमा अस्थायी मुकाम तोकिएपछि विरोधमा छिमेकी जिल्ला कपिलवस्तु
सारांश
- कपिलवस्तु, ४ माघ ।
- सरकारले प्रदेश नम्बर ५ को अस्थायी राजधानी रुपन्देहीलाई तोकेपछि त्यसको छिमेकी जिल्ला कपिलवस्तु बिरोधमा उत्रिएको छ ।
- रुपन्देहीको छिमेकी जिल्ला कपिलवस्तुमा आन्दोलन चर्किएको छ र तीनदिने बन्दको आव्हान गरिएको छ ।
कपिलवस्तु, ४ माघ । सरकारले प्रदेश नम्बर ५ को अस्थायी राजधानी रुपन्देहीलाई तोकेपछि त्यसको छिमेकी जिल्ला कपिलवस्तु बिरोधमा उत्रिएको छ । रुपन्देहीको छिमेकी जिल्ला कपिलवस्तुमा आन्दोलन चर्किएको छ र तीनदिने बन्दको आव्हान गरिएको छ ।
प्रदेश नम्बर ५ को राजधानी कपिलवस्तु हुनुपर्ने भन्दै दबाबमुलक आन्दोलन गर्दै आएको कपिलवस्तु युवा संघर्ष समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको निर्णयको बिरोध गरेको छ । समितिका संयोजक रउफ अहमद खाँद्धारा हस्ताक्षरित विज्ञप्तिमा ४ वटा बुद्धले राज्य गरेको कपिलवस्तुलाई उपेक्षा गर्दै सरकारले राजधानी तोकेकोमा आपत्ति जनाएको छ ।
त्यसैको विरोध स्वरुप तीन दिन कपिलवस्तु जिल्ला बन्दको घोषणा गरिएको छ । जिल्ला बन्दका कारण जनजीवन प्रभावित भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया