३३ किलाे सुन प्रकरण: गोरे’ ग्याङ बनाउने मुख्य नाइके पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ११, २०७५
|
|
५७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै,११ साउन ।
  • सुन तस्करीका मुख्य आरोपी बेनु श्रेष्ठ संयुक्त अरब इमिरेटसको दुबईमा पक्राउ परेका छन्।
  • सुन तस्करीका लागि चुडामणि उप्रेती ‘गोरे’ ग्याङ बनाउने बेनु दुबईमा बसेर नेपाल सुन पठाउथे।

काठमाडाै,११ साउन । सुन तस्करीका मुख्य आरोपी बेनु श्रेष्ठ संयुक्त अरब इमिरेटसको दुबईमा पक्राउ परेका छन्। सुन तस्करीका लागि चुडामणि उप्रेती ‘गोरे’ ग्याङ बनाउने बेनु दुबईमा बसेर नेपाल सुन पठाउथे। संयुक्त अरब इमिरेटस(युएई) प्रहरीले इन्टरपोलको रेड नोटिसमा रहेका बेनुलाई केही दिनअघि पक्राउ गरेको हो।

अनुसन्धानमा काठमाडौं न्यूरोडमा सुन पसल संञ्चालक रहेका बेनुले नै सनम शाक्य हत्याका मुख्य आरोपी टेकराज मल्ललाई तस्करीमा प्रयोग गरेका थिए। बेनुको पसलमा कामगर्ने मल्ललाई उनले नै सुन भरियाका रुपमा प्रयोगगर्न गोरेको जिम्मा लगाएका थिए। मल्लले अनुसन्धान अधिकारीलाई दिएको लिखित बयानमा बेनुका बिषयमा बिस्तृत खुलाएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर हुने सुन तस्करीमा लामो समयदेखि सक्रिय रहेका बेनु दुबईमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन्। उनले हुण्डी मार्फत नेपालबाट आउने रकम दुबईमा संकलन गर्थे। उनले नै अन्य आरोपीको सहयोगमा भरिया मार्फत सुन नेपाल पठाउदै आएका थिए।

गृह स्रोतका अनुसार बेनुलाई नेपाल झिकाउन आवश्यक कागजपत्र दुबई पुगिसकेको छ। बेनुसँगै असारको तेस्रो साता पक्राउ परेका गोरेका भाई रमेश उप्रेतीलाई समेत नेपाल ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ। सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गरेको बिशेष टोलीले दुबईमा पक्राउ परेका बेनु र रमेशलाई नेपाल ल्याउन आवश्यक कागजपत्र पठाएको हो। टोलीले मोरङ जिल्ला अदालतको पत्र नोटरी गरेर परराष्ट्र मन्त्रालय मार्फत युएईस्थित नेपाली दूतावासमा पठाएको हो।

अनुसन्धान टोलीका संयोजक सहसचिव ईश्वरराज पौडेलले बेनु पक्राउ परेको पुष्टि गरेका छन्। उनले रमेश र बेनुलाई नेपाल ल्याउन प्रहरीको इन्टरपोल शाखाबाट अधिकारी समेत दुबईमा रहेको जानकारी दिए। ‘हामीले सबै कागजपत्र पठाएका छौं। त्यहाँको दूतावासमा बिहीबारमात्रै सम्पर्क भएको छ। पक्राउ परेका दुबैजनालार्इ चाडै नेपाल ल्याउदै छौं,’ सहसचिव पौडेलले भने। उनका अनुसार अदालतमा सबूतका लागि आवश्यक कागजपत्र समेत उपलब्ध गराउन युएई सरकार सहमत भएको छ। त्यसका लागि समेत आवश्यक पहल भईरहेको हो।

गृहमन्त्रालयले युएईमा रहेका कार्यबाहक राजदूत सागरप्रसाद फुँयाल मार्फत पक्राउ परेका बेनु र रमेशलाई ल्याउने अन्तिम तयारी गरिरहेको हो। नेपाल प्रहरीका एकजना निरीक्षकको कमाण्डमा एउटा टोली हाल दुबईमै सक्रिय छ। इन्टरपोलको नेशनल सेन्ट्रल ब्युरो काठमाडौं मार्फत इन्टरपोल मुख्यालयले बेनुसहित सुन तस्करीका मुख्य नाईके एमके मामा भन्ने मोहनकुमार अग्रवाल, रमेश उप्रेती र हरिशरण खड्का बिरुद्ध जून १८ मा रेड नोटिस जारी गरेको थियो।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Kumar Lama Sayngtan

    thulo machxa bene harulai chai k he grana nasakne le astyo jpt pos nagare hun xa

    Comment Author

    Bhakta Raj

    Yo ajai jiudai x r? Feri news ma aaun thalyot

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?