शक्ति उन्मादको तप्केनिमा हराएको परिवर्तन !
सारांश
- हाम्रो देशका नेताहरु भयानक चिन्तामा डुब्ने गर्छन् ।
- चप्पल पड्काएर सिंहदरबार पुगेका होउन् वा गोल्डस्टार जुत्ताका जुम्रा कन्याउँदै काठमाडौं कुल्चिएका।
- यिनिहरु जहिल्यै तनावै तनावमा भेटिन्छन् ।
हाम्रो देशका नेताहरु भयानक चिन्तामा डुब्ने गर्छन् । चप्पल पड्काएर सिंहदरबार पुगेका होउन् वा गोल्डस्टार जुत्ताका जुम्रा कन्याउँदै काठमाडौं कुल्चिएका। यिनिहरु जहिल्यै तनावै तनावमा भेटिन्छन् । न यिनिहरुको काम भेटिन्छ, न त कहिल्यै फुर्सद देखिन्छ। सधैं आफ्नो सानमान र सम्मानको अपेक्षा राख्ने सत्तालिप्साका सेठहरु देश बनाउने चिन्तनमा नभएर भाग नपुग्ने चिन्ताको चितामा डढिरहेका हुन्छन् । उदाहरणकै लागि कंचनपुर घट्नालाई हेर्दा पनि यिनिहरु देश र जनताप्रति कत्तिको वफादार छन् भन्ने कुराको सजिलै अड्कल काट्न सकिन्छ।
मानवरुपी दानवहरुको दुर्व्यवहारमा परि ज्यान गुमाएकी निर्मला पन्त गरिब परिवारकि नेपाली चेलीहुन् । उनका आमा दिदिबहिनीले सडकमा बसेर न्याय मागिरहेका छन् । उनिहरु यो देशका भुइँमान्छेको कित्तामा पर्ने महिलाहरुहुन् भने सितल निवासमा पलेटी कसेर अठार करोडको गाडि माग गर्नेपनि नेपाली नारी नै हुन्। हिजो महिला पनि मेरो देशको ‘सर्वोच्च पदमा’ पुग्न सफल भए भनेर गर्वगर्ने ती निर्मलाका आमा दिदिबहिनीको न्यायिक आन्दोलनलाई सितल निवास भित्रीने तरखरमा रहेको अठार करोडको गाडीले गिज्याइरहेको छ। आम उत्पीडित नारिहरुको कुण्ठित आवाजको प्रतिनिधित्व गर्ने भन्दै राज्यको माथिल्लो तहमा पुगेका प्रतिनिधिहरु सुख , सयल र यस आरामका लागि सुसारेलाई आदेश जारी गर्नमै दत्तचित्त लगाएर समय कटाई रहँन्छन् भने ती भुइँमान्छेहरु न्याय खोज्न कुनलोक पुग्नु पर्ने ? गणतन्त्रको ताज पहिरिएर दरबारको ओछ्यानमा ढल्किएर राजँसि ठाँट देखाउँदै लगाम फुकेर दौडिरहेको अत्याचारयुक्त नृत्यको रमिता हेरिरहेका महामहिमहरुलाई यस्ता पिडादायि दृश्यको निलकाँडोले घोच्दोहो कि नाइँ?
पुरुषहरुको त कुरै छाडौं । यदाकदा राज्यको उपल्लो तहमा पुगेका महिला प्रतिनिधिहरुपनी कर्तव्यबोध विहिन देखिय। देशमा महिला मुक्तिका ठुलठुला आन्दोलनहरु भए। यद्यपि पुरुषवादी समाजमा महिला मुक्तिको संघर्षले पुर्णतया सफलता हासिल नगरेपनी पहिलेको तुलनामा आंशिक रुपले अहिले केही फरकपनको आभास हुन थाल्यो। राष्ट्रपति, सभामुख र मन्त्रीजस्ता उपरीसंरचनामा पुरुष सँगसँगै महिला प्रतिनिधि पनि पुगे। चुलोचौको, मेलापात देखि घाँसदाउराको भुलभुलैयामा पारिएका नारीहरुमा ुअबत केही होलाकीु भन्ने आशा पलायो। अहिले पनि देशकै सर्वोच्च पद राष्ट्रपतिमा सम्माननिय विद्यादेवी भण्डारिले दोस्रो कार्यकाल निभाउँदै छिन् । आम उत्पीडित नारिहरुको प्रतिनिधित्व गरेर उपल्लो तहमा पुगेका अन्यपनी थुप्रै महिला माननीयहरु छन् । यो हामी आम नेपालिको लागि सुखद पक्ष हो। यसका साथसाथै यी पद र प्रतिष्ठासँग जोडिएका केही विषयहरु बेलाबखतमा हाम्रो अघि विडम्बना जस्तै बनेर उभिन्छन् । तपाइँहरुलाई अवगत गराइ हालौं मैले यसको अर्थ राज्यसंचालनको तहमा पुगेका पुरुष एकदमै सहि र महिला गलत भन्न खोजेको किमार्थ होईन। बेथितिको मलजल गर्नुमा महिला पनि पुरुष भन्दा कम देखिएनन् भनेर चिन्ता मात्रै जनाउन खोजेको हो।
देशका कयौं छोरिचेलिहरु आफ्नै घर आँगनमै बलात्कार एवं दुर्ववहारको शिकार बनेकाछन् । अपराधीहरु कारबाहीमाको दायरामा आउनुत परैको कुरो, सत्ता संचालककै पेरिफेरी र पहरा भित्र हिँडिरहेकाछन् । हाम्रा चेलीबेटीको लागि आफ्नै घर, खलियान र पानी पँधेरो मृत्युको घाट बनेकाछन्। अझ पछिल्लो समयत झन संचार प्रविधिको बढ्दो बिकाश क्रमले गर्दापनी होला, यस्ता अपराधिक क्रियाकलापहरु सतहमै बाहिर आइरहेकाछन्। लुकाइनु भन्दा बाहिर आउनु त नराम्रो विषय होईन तथापी यस्ताखाले डरलाग्दा गतिविधिलाई कसरी न्यूनीकरण गर्ने भन्ने आजको चिन्ताको सवाल हो।
यता देशका शासक प्रशासकहरु मञ्च उक्लिएर घाँटी च्यातिन्जेलि सुशासन र समृद्धिको रशिलो डोरि बाटिरहँन्छन् । उता आफ्नै टोलछिमेकमा एउटि निर्दोष छोरिको बलात्कार पछि निर्ममता पुर्वक हत्या गरिन्छ। यता यो देश हाँक्न आफू सिवाय कसैको हिम्मत छैन झैँ गरी कुर्लिएर सत्ताको सिरान लगाएकाहरु ुहत्यारा पत्तालाग्न अझै बाह्रवर्ष लाग्नपनी सक्छु भन्दै घिनलाग्दो अभिव्यक्ति दिएर पन्छिन खोज्छन् । हत्यारालाई आफ्नै दरबारको खोपिमा लुकाएर बाहिर हत्यारा खोजिरहेको अभिनय गर्ने यी खुरापातीहरुले पाँचवर्षका लागि सत्ता गठन गरेकाहुन् या पार्टि बुझ्न सकिएको छैन। आफुहरुमाथी आइपरेको असह्य बज्रपातले थलिएका छोरिका बाबूले न्याय माग्दैगर्दा मानसिक सन्तुलन समेत गुमाउनु परेको छ। अनाहकमा मानवरुपी दानवहरुको क्रूर पन्जामा परेर मारिएकी छोरिको न्यायका लागि पीडित परिवारले अझै के के गुमाउनु पर्ने हो त्यो पत्तो छैन । रातदिन आफुलाई ुगणतान्त्रिक नयाँ नेपालका अग्रगामी नेतृत्वु भनेर दुई बित्ता माथी उफ्रीनेहरुले यो कस्तो तमासा देखाउन खोजेका हुन् रु
अपराध अनुसन्धान गर्न जागीर खाएको प्रहरी अधिकृतले अपराधको प्रमाण खुल्लमखुल्ला नष्ट गरेको जगजाहेर छ। त्यो भिडियो ( दृश्य आइजीपी, गृहमन्त्री र प्रधानमन्त्रीले पनि हेरेकै हुनुपर्छ। जिज्ञासा जाग्छ — को होला त्यो सरकारभन्दा शक्तिशाली बलात्कारी ( हत्यारा रु जसलाई जोगाउन राज्य शक्ति दुरुपयोग गरेर प्रमाण नष्ट गरियो रु अनि बर्खास्तीको अभिनय गरेर किन जोगाउन खोजियो असली हत्यारालाई रु
के ती कम्मर कसेर ‘प्रमाण नष्ट गर्न लागि परेकाहरु कोबाट निर्देशित थिए ‘भनेर उनिहरुलाई केरकार गर्न सक्ने हैसियत हाम्रो सुरक्षा निकायसँग नभएकै हो ? कम्तिमा आफ्नो नैतिकता उदाङ्गो भएपनी आफुले पहिरिएको बर्दिको त थोरै इज्जत गर्न सिक महासयहरु। यसियाकै उत्कृष्ट प्रहरी संगठन भनेर नाकका पोर्रा फुल्लाउने नेपाल प्रहरी र इतिहासकै शक्तिशाली सरकार भनेर बम्किने मान्छेहरुलाई यो घटनाक्रमले थोरैपनी लज्जाबोध हुँदैन होला ? घटनामा संलग्न ठानिएका आरोपित बम दिदीबहिनी प्रति प्रधानमन्त्रीले अनुसन्धानको सुरुमै सहानुभुति प्रकट किन गरे होलान्? सामान्य नागरिकले समेत ‘कुराको चुरो’अड्कल काटिसक्दा पनि, दोषिलाई कठघरामा उभ्याउन प्रहरी प्रशासनको हत्केला किन थर्थराएको होला ? उहिले जनताको आन्दोलनलाई अँध्यारो कोठाबाट धारेहात लगाउने तर अहिले भने राजाको आँगनमा भैलेनी भट्टाएर गणतन्त्र आए जसरी चौतर्फी हात लम्काएर ठालु ठहरिन खोज्नेहरुले यसको जवाफ् दिनु पर्दैन?
चौतर्फी बेथिति मौलाइ रहँदा राज्यको उपरीसंरचनामा पुगेकाहरू भन्दैछन्– अधिकार प्राप्तिको लागि गरिने सङ्घर्षका दिन सकिए । समृद्धि अनि विकासको युगको सूत्रपात भइसक्यो। आजसम्म भए गरेका हरेक परिवर्तनलाई शक्ति उन्मादको तप्केनिमा राखेर मस्ती गर्नेहरु परिवर्तनको कुम्लो बोकि सयनकक्षमा भ्रष्ट र अपराधी नाइँकेहरुसँग मोलमोलाइ गरिरहेकाछन् । सत्ताको भर्याङ उक्लिएपछी परिवर्तन भन्ने चिज जहिल्यै यिनिहरुकै वरिपरि घुमी रहन्छ। परिवर्तनको सुखानुभुती गर्न पाउनुपर्ने असली जनताहरुको दैनिकी झनै बिकराल बन्दै जान्छ। आखिर यो अझै कहिलेसम्म ? अब राज्यसत्ताका साहुहरुले जवाफ दिनुपर्ने बेला भएको छ। कि अझै कतिन्जेल तिम्रा यी काला कर्तुतहरुको सोझा र निर्धा जनताहरु मुकदर्शक बनेर सहि रहनु पर्ने ?
( उमेश बन्जाडे,लमही दाङ, हाल परदेश)
प्रतिक्रिया