यस्तो पो वडा कार्यालय, जसले बाँड्यो ८० नाघेका २० जना बाआमालाई न्यानो कपडा
सारांश
- दाङ, ११ माघ ।
- तुलसीपुर उपमहानगरपालिका वडा नं.
- ५ ले तुलसीपुर उपमहानगरपालिका– ५ का ८० बर्ष पूरा गरेका २० जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।
दाङ, ११ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ ले तुलसीपुर उपमहानगरपालिका– ५ का ८० बर्ष पूरा गरेका २० जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।
वडा कार्यालयको आयोजनामा विहीवार तुलसुीपुर उपमहानगरपालिका– ५ का जेष्ट नागरिकहरुलाई एक कार्यक्रमको आयोजना गरी जाडोबाट बच्न न्यानो कपडा वितरण गरिएको वडा नं. ५ का सदस्य सुरेश श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा सहभागी भएका २० जना जेष्ठ नागरिकहरुलाई वडा नं. ५ का अध्यक्ष वीरेन्द्र शाहले न्यानोे कपडा वितरण गरेका हुन् ।
कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरुले यो चिसो समयमा आफूलाई न्यानो कपडा वितरण गरेको भन्दै वडा कार्यालयबाट खुशी भएको प्रतिक्रिया समेत दिएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया