मलेसिया उडान ‘डिले’ भएपछि निगमद्वारा छानबिन समिति गठन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २, २०८०
|
|
२३ पटक हेरिएको
Shares
मलेसिया उडान ‘डिले’ भएपछि निगमद्वारा छानबिन समिति गठन

सारांश

  • काठमाडौँ ।
  • मलेसियाको क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौँ आउने तय भएको जहाजको उडान ‘डिले’ भएको विषयमा नेपाल वायुसेवा निगमले छानबिन समिति गठन गरेको छ ।
  • नेपाल एयरलाइन्सको ९एन–एकेडब्लू न्यारोवडी जहाज आज बिहान उडान गर्नुअघि निरीक्षणका क्रममा क्रू अक्सिजन बोतलको प्रेसर कम देखिएपछि उडान रोकिएको निगमले जानकारी दिएको छ ।

काठमाडौँ । मलेसियाको क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौँ आउने तय भएको जहाजको उडान ‘डिले’ भएको विषयमा नेपाल वायुसेवा निगमले छानबिन समिति गठन गरेको छ ।

नेपाल एयरलाइन्सको ९एन–एकेडब्लू न्यारोवडी जहाज आज बिहान उडान गर्नुअघि निरीक्षणका क्रममा क्रू अक्सिजन बोतलको प्रेसर कम देखिएपछि उडान रोकिएको निगमले जानकारी दिएको छ । क्वालावम्पुरको स्थानीय समयअनुसार बिहान ५ बजे भैरहवा उडानका लागि तय भएको विमानमा प्राविधिक त्रुटि देखिएपछि उडान डिले भएको थियो । प्राविधिक मर्मतपछि स्थानीय तहअनुसार दिउँसो ३ बजे उडान भइसकेको निगमले जानकारी दिएको छ ।

जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान १० घण्टा डिले भएको थियो । के–कस्तो प्राविधिक कारणले यो समस्या आएको हो सो पत्ता लागाउन र भविष्यमा यस्तो समस्या दोहोरिन नदिन के गर्नुपर्छ भन्नेबारे सुझाव दिन छानबिन समिति गठन गरिएको निगमको भनाइ छ ।

निगमले उडान ढिलो भएकोमा आगामी दिनमा यस्तो हुन नदिने विश्वास दिलाउँदै यात्रुसँग माफी समेत मागेको छ । निगमले गत जेठ २९ गतेदेखि मलेसियाको क्वालालम्पुर–भैरहवा–काठमाडौँ रुटमा उडान सुरू गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?