ओलीले लगाएको राष्ट्रवादको नक्कली जलप खुइलियो : प्रदीप पौडेल
सारांश
- काठमाडौं, ३१ बैशाख ।
- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावताका लगाएको राष्ट्रवादको नक्कली जलप अहिले खुइलिएको बताएका छन् ।
- नेता पौडेलले झापामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले ओलीको राष्ट्रवाद छताछुल्ल भएको दावी गरे ।
काठमाडौं, ३१ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावताका लगाएको राष्ट्रवादको नक्कली जलप अहिले खुइलिएको बताएका छन् । नेता पौडेलले झापामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले ओलीको राष्ट्रवाद छताछुल्ल भएको दावी गरे ।
मोदी भ्रमणको क्रममा पाइला पाइलामा नेपाली राष्ट्रियता तथा स्वाभिमानमाथि धावा बोलिएको नेता पौडेलले दावी गरे । “पटकपटक नेपाली राष्ट्रियता र स्वाभिमानमाथि धावा बोलिँदा पनि ओली सरकार निरीह देखियो”, पौडेलले भने ।
“विगतमा अरुलाई राष्ट्रियताको पाठ पढाउने केपी ओलीले यसपटक राष्ट्रियताको सवालमा “इ”ग्रेड ल्याएका छन् । उनले लगाएको राष्ट्रियताको नक्कली मुकुण्डो उदाङ्गिएको छ ।” राष्ट्रवादको नक्कली जलप लिएर चुनावी मैदानमा ओर्लिएका ओलीले नाकाबन्दीका कारण प्रताडित भएका लाखौं नेपालीको पक्षमा एक शब्द समेत खर्चन नसकी मोदीसमक्ष निरीह देखिएकोमा आफू आश्चर्यचकित भएको बताए ।
मोदीलाई “नागरिक अभिनन्दन” गरिएको नभई त्यो झुण्ड विशेषको मात्र भएको नेता पौडेलले बताए । छिमेकी देशका प्रधानमन्त्री सामुन्ने प्रदेश नम्बर २ का मुख्यमन्त्रीले संविधानको विषयलाई लिएर गरेको टिप्पणी खेदजनक भएको भन्दै नेता पौडेलले त्यस्तो टिप्पणीको कडा शब्दमा भत्र्सना गरे ।
आफूलाई इतिहासकै सर्वाधिक शक्तिशाली प्रधानमन्त्री दाबी गर्ने ओलीले मुख्यमन्त्रीलाई कुनै कारवाही नगरी उनको भनाइप्रति असन्तुष्टि मात्र जनाउनुको कुनै तुक नभएको पौडेलको टिप्पणी थियो ।
Paudel Laxman
Congress le bolne aba yai ho kp oli le India ko pm lai deshai jemma lagaya jasto Po garchau ta oli le k k gare desh ko hit biparit vanna sakchu
Tanka Giri
काङ्ग्रेसले भन्न खोजेको के हो भारत र चिन दुबै संग दुश्मनी गरेर देशलाइ अझै गरिब र समस्याको दलदलमा डुबाउनु पर्छ भन्न खोजेको हो या मोदि नेपाल आउदा खाली हात फर्कायो भनेर हो कतै कालापानी र गण्डकी जस्तै उपहार दिएर पठाउनु पर्ने थियो हो
Rana Dhan Kumar
भरस्त कङ्ग्रेसले भन्न खोजेको के? देउबाको गलत रास्त्रघाती निर्नयहरुमा नबोल्ने झोले खातेहरु अहिले भुक्नुको के अर्थ
Dhruba Pandey
ए मा ले का कार्यकर्ता हरु लाई प्ररास्ट्रनिती को बारेमा class लिनु पर्ला जस्तो छ।भारतिय सेना नेपाल भित्र्याउन हुन्छ?के नेपाली सेना ले सुरक्षा दिन सक्दैन?अब नाकाबन्दी लाग्दैन भनेर ओलि ले कसरी ग्यारेन्टी लिनु भो?वाहा मोदि को प्रबक्ता हो?
Amrit Lamsal
baja ko sakuma ma
Surendra Adhikari
सुन भन्थे खिया लागेको फलाम पो परे छ।