सशस्त्र द्वन्द्वको समयमा मारिएकालाई सहिद घोषणा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १२, २०७४
|
|
२२ पटक हेरिएको
Shares
सशस्त्र द्वन्द्वको समयमा मारिएकालाई सहिद घोषणा

सारांश

  • काठमाडौं, १२ माघ- शेरबहादुर देउवा नेतृत्वको काम चलाउ सरकारले जाँदाजाँदै धमाधम नियुक्ति र सहिद घोषणा गरेको छ ।
  • सशस्त्र द्वन्द्वको समयमा चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई सहिद घोषणा गरेको छ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सहिद घोषणा गरेको हो ।

काठमाडौं, १२ माघ- शेरबहादुर देउवा नेतृत्वको काम चलाउ सरकारले जाँदाजाँदै धमाधम नियुक्ति र सहिद घोषणा गरेको छ । सशस्त्र द्वन्द्वको समयमा चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई सहिद घोषणा गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सहिद घोषणा गरेको हो । ०६२ साल जेठ २३ गते चितवनको माडीस्थित बाँदरमुढे खोलामा यात्रुबसमा बम बिस्फोट हुँदा ३८ जनाको मृत्यु भएको थियो। त्यस समयमा मृत्यु भएकाहरुलाई सहिद घोषणा गरेको हो ।

यस्तै, मन्त्रिपरिषद् बैठकले सशस्त्र द्वन्द्वको समयमा कास्की जिल्लामा तत्कालीन विद्रोही माओवादी पक्षबाट मारिएका कृष्णबहादुर गुरूङ, ईश्वर गुरूङ, मेखबहादुर गुरूङ, सुरत्तमसिंह गुरूङ, चन्द्रबहादुर रानाभाट, पशुपति रानाभाट, पूर्णबहादुर भुजेल र हरिप्रसाद गुरूङलाई पनि सहिद घोषणा गरेको सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिएका छन्।

सरकारले सशस्त्र द्वन्द्वको समयमा माओवादीबाटै मारिएका सिन्धुपाल्चोकका कृष्णप्रसाद सापकोटा, दिलबहादुर दनुवार, नेत्रबहादुर दंगाल, देवीजंग पाण्डे, हिकमतबहादुर भण्डारी, मित्रबहादुर दनुवार, छत्रबहादुर गिरी, सुनसरीका ब्रमदेव उराव, छत्र खतवे र खोटाङका कालुमान गुरूङलाई पनि सहिद घोषणा गर्ने निर्णय गरेको छ।

बैठकले पूर्वी रूकुमको सदरमुकाम उत्तरगंगा वडा नम्बर १२ गोलगोल खाँडा भन्ने ठाउँलाई तोकेको छ। परिवार नियोजन संघको केन्द्रीय तथा शाखा कार्यसमिति विघटन गरी छत्रबहादुर गिरीको अध्यक्षतामा नयाँ तदर्थ समिति गठन गर्ने निर्णय पनि गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?