प्रतिबन्धित हेलिकप्टरलाई झुण्ड्याएर नेपालगञ्ज ल्याइयाे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०७५
|
|
२४ पटक हेरिएको
Shares
प्रतिबन्धित हेलिकप्टरलाई झुण्ड्याएर नेपालगञ्ज ल्याइयाे

सारांश

  • काठमाडाै, ९ असाेज ।
  • उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएर हिल्सामा रहेको मनाङ एयरको हेलिकप्टरलाई सिमकोट हुदैं नेपालगञ्ज लगिएको छ ।
  • मनाङको ‘९ एन–एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५० बिथ्री–ई’ सिरिजको हेलिकोप्टरलाई आज श्री एयरको ठूलो हेलिकप्टरले झुण्ड्याएर सिमकोट हुँदै नेपालगञ्ज लगिएको हो ।

काठमाडाै, ९ असाेज ।उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएर हिल्सामा रहेको मनाङ एयरको हेलिकप्टरलाई सिमकोट हुदैं नेपालगञ्ज लगिएको छ । मनाङको ‘९ एन–एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५० बिथ्री–ई’ सिरिजको हेलिकोप्टरलाई आज श्री एयरको ठूलो हेलिकप्टरले झुण्ड्याएर सिमकोट हुँदै नेपालगञ्ज लगिएको हो ।

गत साउन २९ गते हुम्ला र चिनको सिमानामा रहेको हिस्लास्थित हेलिप्याडमा अवतरण गरेको मनाङको हेलिकोप्टरको पछाडिको पंखाले लागेर एक भारतीय पर्यटकको घटनास्थलमै मृत्यु भएपछि प्राधिकरणले मनाङको उडानमा प्रतिबन्ध लगाएको थियो । प्राधिकरणले उडान प्रतिबन्त लगाएर पछि हिल्साको हेलिप्यामै राखिएको हेलिकप्टर डेढ महिनापछि जिल्ला सदरमुकााम सिमकोट ल्याइएको सिमकोट विमान स्थलका निमित्त प्रमूख किरण दाहालले जानकारी दिए ।

पछाडीका पंखाले लागेर भारतको मुम्बईका ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहताको घटनास्थलमै मृत्यु भएपछि नागरिउड्ययन कानुन अनुशार मनाङाई उडानमा प्रबिन्ध लगाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?