एसिया रग्बी नेपालमा हुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १७, २०८०
|
|
३५ पटक हेरिएको
Shares
एसिया रग्बी नेपालमा हुने

सारांश

  • काठमाडौँ ।
  • ‘एसिया रग्बी यु–२० सेभेन्स’ महिला तथा पुरुष च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।
  • नेपाल रग्बी सङ्घद्वारा आगामी भदौ २ र ३ गते आयोजना हुने उक्त प्रतियोगितामा पुरुषतर्फ विभिन्न सात र महिलातर्फ तीन राष्ट्रको सहभागिता रहने छ ।

काठमाडौँ । ‘एसिया रग्बी यु–२० सेभेन्स’ महिला तथा पुरुष च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । नेपाल रग्बी सङ्घद्वारा आगामी भदौ २ र ३ गते आयोजना हुने उक्त प्रतियोगितामा पुरुषतर्फ विभिन्न सात र महिलातर्फ तीन राष्ट्रको सहभागिता रहने छ । प्रतियोगिता बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका महासचिव गोविन्द घिमिरेले पुरुषतर्फ आयोजक नेपालसहित भारत, थाइल्यान्ड, चाइनिज ताइपे, हङकङ र उज्वेकिस्तानको सहभागिता रहनेछ ।

त्यस्तै महिलातर्फ नेपाल, थाइल्यान्ड र मलेसिया रहेका छन् । उक्त प्रतियोगिताको विजेता टोलीले एसिया रग्बीको ट्रफी प्राप्त गर्नेछ । उक्त प्रतियोगिताका लागि गत गत असार १५ गतेदेखि महिला तथा पुरुष टोलीको बन्द प्रशिक्षण पोखरामा भइरहेको आयोजकले जनाएको छ ।
   
उक्त प्रतियोगिताको लागि करिब रु ७२ लाख खर्च लाग्ने आयोजकको भनाइ छ । उक्त प्रतियोतिगाको खेल भने त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?