संविधान संशोधनका लागि तयार छौँ : एमाले महासचिव

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
३३ पटक हेरिएको
Shares
संविधान संशोधनका लागि तयार छौँ : एमाले महासचिव

सारांश

  • काठमाडौँ, १३ माघ ।
  • नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान संशोधन र नयाँ सरकार गठनका विषयमा मधेशी दलसँग आफूहरु सहकार्यका लागि तयार रहेको बताएका छन् ।
  • अखिल नेपाल महिला संघले आज यहाँ स्थानीय तह र प्रदेशसभामा निर्वाचित पार्टीका जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुद्दाका आधारमा संविधान संशोधनका लागि वाम गठबन्धन तयार रहेको र सहमति भएमा मधेशी दललाई केन्द्रीय सरकारमा सहभागी गराउन कुनै समस्या नरहेको स्पष्ट गरे ।

काठमाडौँ, १३ माघ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान संशोधन र नयाँ सरकार गठनका विषयमा मधेशी दलसँग आफूहरु सहकार्यका लागि तयार रहेको बताएका छन् ।

अखिल नेपाल महिला संघले आज यहाँ स्थानीय तह र प्रदेशसभामा निर्वाचित पार्टीका जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुद्दाका आधारमा संविधान संशोधनका लागि वाम गठबन्धन तयार रहेको र सहमति भएमा मधेशी दललाई केन्द्रीय सरकारमा सहभागी गराउन कुनै समस्या नरहेको स्पष्ट गरे । एमालेले प्रदेश नं २ मा मधेशी दलको नेतृत्वमा सरकार बनाउन पनि पार्टीले समर्थन गर्न सक्ने उनले बताए ।

राष्ट्रिय जनता पार्टी र मधेशी जनाधिकार फोरम नेपालले प्रदेशको सीमांकन, नागरिकतालगायतका विषयमा संविधान संशोधनको माग राख्दै आएको छ । “हामीलाई जुन प्रकारले मधेश विरोधी भनेर चिनाउन खोजिएको छ, त्यो गलत हो, हामी जायज मागमा संशोधन र सहकार्यका लागि तयार छौँ ।” महासचिव पोखरेलले भने, “औचित्यले पुष्टि गरेमा शक्ति सन्तुलनको विन्यासका आधारमा संविधान संशोधन सधैं खुल्ला रहन्छ ।”

अर्का प्रश्नमा उनले नेकपा माओवादी केन्द्रसँगको पार्टी एकता र नयाँ सरकार गठन सँगसँगै अघि बढे पनि दुवैलाई एउटै सन्दर्भमा जोड्न नमिल्ने बताए । उनले पार्टी एकतापछि प्रधानमन्त्री वा पार्टी अध्यक्षमा आलोपालो नेतृत्व भन्ने सवाल नरही नेताको कार्यविभाजन हुने जनाए ।

महासचिव पोखरेलले राष्ट्रियसभाको निर्वाचनमा तालमेल र प्रदेशसभा गठनका विषयमा कार्यदलले काम गरिरहेको र अब बस्ने एकता संयोजन समितिले वैचारिक र संगठन व्यवस्थापनसम्बन्धी कार्यदल गठन गर्ने स्पष्ट गरे ।

यसैगरी एमालेका सचिव भीम आचार्यले आज एक बेग्लै पत्रकार भेटघाट गरी प्रदेश नं १ को मुख्यमन्त्रीमा आफ्नो उम्मेदवारी हुने जनाउ दिएका छन् । उनले निर्वाचनको टिकट वितरणमा जोडेर आफूलाई लाञ्छित गरिए पनि त्यसमा सत्यता नभएको दाबी गरे । सो प्रदेशको मुख्यमन्त्रीमा एमालेका पोलिटब्यूरो सदस्य शेरधन राईको पनि दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाङ-२ मा रास्वपाको क्लिन स्विप: शंकर पोख्रेललाई २८ हजार मतान्तरले हराउँदै विपिन आचार्य विजयी
दाङ-२ मा रास्वपाको क्लिन स्विप: शंकर पोख्रेललाई २८ हजार मतान्तरले हराउँदै विपिन आचार्य विजयी
सहिदको नाममा २७ करोड खर्चको देखिँदैन उपलब्धि
सहिदको नाममा २७ करोड खर्चको देखिँदैन उपलब्धि
डिआईजीमा झर्ने डरले यी एआईजीले दिए राजीनामा
डिआईजीमा झर्ने डरले यी एआईजीले दिए राजीनामा
प्रधानमन्त्रीले हलो जोतेको सम्झना गरेपछि…
प्रधानमन्त्रीले हलो जोतेको सम्झना गरेपछि…
ओलीले शुभकामना दिंदै भने, ‘महाशिवरात्री राष्ट्रिय एकताको पर्व’
भेनेजुएलाको सर्वोच्च अदालतद्वारा छ पूर्व अमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा जेल सजाय
भेनेजुएलाको सर्वोच्च अदालतद्वारा छ पूर्व अमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा जेल सजाय
एनआरएन कोरियाले कोरोना पत्ता लगाउने दुई हजार किट्स नेपाललाई दिने
एनआरएन कोरियाले कोरोना पत्ता लगाउने दुई हजार किट्स नेपाललाई दिने
नेपाली बजारमा सुनको भाउ घटयो, यस्तो छ कारण
लामिछाने उम्मेदवारीविरुद्ध चार उजुरी
लामिछाने उम्मेदवारीविरुद्ध चार उजुरी
क्यामेरा अगाडि खितिति हाँस्न थाल्यो वनघोडा …….
क्यामेरा अगाडि खितिति हाँस्न थाल्यो वनघोडा …….

तपाईंले छुटाउनुभयो कि?