यस्तो छ पानीमा पनि गुड्ने हुण्डाईको कार

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ४, २०७६
|
|
२५ पटक हेरिएको
Shares
यस्तो छ पानीमा पनि गुड्ने हुण्डाईको कार

सारांश

  • जेनेभामा चलिरहेको जेनेभा मोटर शोमा हुन्डाईले सडकका साथै पानीमा समेत चलाउन सकिने काइट नामक कार प्रदर्शन गरेको छ ।
  • यो पुर्ण रुपमा इलेक्ट्रिक कार हो र यसमा भएको मोटरले चारै पांग्रामा बराबर पावर दिन्छ ।
  • तर पनि यसको पछिल्लो भागमा भएको जेट टर्बाइन मोटरका कारण यसलाई पानी भएको ताल वा सागरमा पनि चलाउन सकिन्छ ।

जेनेभामा चलिरहेको जेनेभा मोटर शोमा हुन्डाईले सडकका साथै पानीमा समेत चलाउन सकिने काइट नामक कार प्रदर्शन गरेको छ । यो पुर्ण रुपमा इलेक्ट्रिक कार हो र यसमा भएको मोटरले चारै पांग्रामा बराबर पावर दिन्छ ।

तर पनि यसको पछिल्लो भागमा भएको जेट टर्बाइन मोटरका कारण यसलाई पानी भएको ताल वा सागरमा पनि चलाउन सकिन्छ । सो काइट नामक कन्सेप्ट कारलाई पर्सनल वाटरक्राफ्टको रुपमा प्रदर्शन गरिएको थियो ।

यसमा कुनै ढोका राखिएको छैन । कच्ची सडकमा पनि चलाउन सहज बनाउनका लागि यसमा ओजेड रेसिङ ह्विल राखिएको छ । यसमा भएको एलईडी हेडलाइटको सहयोगले रातमा पनि चलाउन सकिन्छ । खासगरी अलि अलि पानी भएको सिमसार क्षेत्र तथा पर्यटकीय गन्तव्यमा यो कारको प्रयोग गर्न सकिने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?