ओलीले शुभकामना दिंदै भने, ‘महाशिवरात्री राष्ट्रिय एकताको पर्व’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १, २०७४
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १ फागुन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रीका अवसरमा सबैलाई शुभकामना दिएका छन् ।
  • अध्यक्ष ओलीले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।
  • आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले महाशिवरात्री राष्ट्रिय एकताको पर्वसमेत भएको उल्लेख गर्दै नेपालीबीचको आपसी एकता, सद्भाव र भाइचारा सम्बन्ध भएको बताएका छन्।

काठमाडौं, १ फागुन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रीका अवसरमा सबैलाई शुभकामना दिएका छन् । अध्यक्ष ओलीले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले महाशिवरात्री राष्ट्रिय एकताको पर्वसमेत भएको उल्लेख गर्दै नेपालीबीचको आपसी एकता, सद्भाव र भाइचारा सम्बन्ध भएको बताएका छन्।
‘धार्मिक साँस्कृतिक पर्व नेपालको एकताका आधार स्तम्भ हुन्,’ अध्यक्ष ओलीले दिएको शुभकामनामा छ, ‘धार्मिक पर्वको माध्यमबाट मुलुकको एकता र समृद्धिका लागि एकजुट भएर अघि बढ्ने प्रेरणा मिलोस् ।’

ओलीले हालै सम्पन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचन पछि देशमा लगभग राजनीतिक संक्रमणकाल सकिएकाले अब देशको प्राथमिकता विकास र समृद्धि भएको बताएका छन् ।
अध्यक्ष ओलीले आफ्नो शुभकामना सन्देशमा ‘निर्वाचनमार्फत जनताले प्रकट गरेको स्थिरता, विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न कसैसँग पनि सम्झौता गर्दैनौँ’ भनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?