नेपाली बजारमा सुनको भाउ घटयो, यस्तो छ कारण
सारांश
- काठमाडौं ।
- मंगलबार सुनको मूल्यमा गिरावट आएको छ ।
- साताको पहिलो दिन आइतबार प्रति तोलामा पाँच सय रुपैयाले बढेको सुनको मूल्य मंगलमा ७ सय रुपैया घटेको छ ।
काठमाडौं । मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । साताको पहिलो दिन आइतबार प्रति तोलामा पाँच सय रुपैयाले बढेको सुनको मूल्य मंगलमा ७ सय रुपैया घटेको छ । अन्तर्राष्ट्रिय बजारमा पहेँलो धातु सुनको भाउ घटबढ हुँदा सोही अनुसारको प्रभाव नेपालको स्थानीय बजारमा पनि परेको हो।
आइतबार तोलामा ५०० रुपैयाँले बढेको सुनको भाउ सोमबार ४०० रुपैयाँले घटेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन आज प्रतितोला ९६ हजार ७०० रुपैया र तेजावी सुनको भाउ ९६ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ। यस्तै चाँदी १ हजार २२० रुपैयाँ तोलामा कारोबार भैरहेको छ। सोमबारको तुलनामा मंगलबार चाँदीको मुल्य १५ रुपैयाँले घटेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७८२ डलर तथा चाँदी प्रतिऔंस २० दशमलव २४ डलरमा कारोबार भइरहेको छ।
नेपाली बजारमा आज सुनको भाउ तोलामा ७०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो।
(Valium)
प्रतिक्रिया