डिआईजीमा झर्ने डरले यी एआईजीले दिए राजीनामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २२, २०७५
|
|
३२ पटक हेरिएको
Shares
डिआईजीमा झर्ने डरले यी एआईजीले दिए राजीनामा

सारांश

  • काठमाडौं, २२ असार ।
  • अगिल्लो सरकारले गरेको निर्णय बर्तमान सरकारले खारेज गर्न थालेपछि सशस्त्र प्रहरीका पाँच एआईजीले बिहीवार राजिनामा दिएका छन् ।
  • बुधबार राति मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन २०७४ का लागि निर्वाचन आचारसंहिता १४ भदौ २०७४ जारी भएपछि र नयाँ सरकार बन्नुभन्दा अघि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेपछि आत्तालिएका पाँच एआईजीले राजीनामा दिएका हुन ।

काठमाडौं, २२ असार । अगिल्लो सरकारले गरेको निर्णय बर्तमान सरकारले खारेज गर्न थालेपछि सशस्त्र प्रहरीका पाँच एआईजीले बिहीवार राजिनामा दिएका छन् ।

बुधबार राति मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन २०७४ का लागि निर्वाचन आचारसंहिता १४ भदौ २०७४ जारी भएपछि र नयाँ सरकार बन्नुभन्दा अघि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेपछि आत्तालिएका पाँच एआईजीले राजीनामा दिएका हुन । स्रोतका अनुसार उनिहरुले बुधवारको मिती राखेर बिहीवार आईजीपी सैलेन्द्र खनाललाई राजीनमा बुजाएका छन ।

उनिहरुलाई एक महिना अगाडी देखी नै गृहसचिव प्रेमकुमार राईले डिआईजीमा घटुवा हुनु भन्दा एआईजीमा राजीनामा दिएर पिन्छिन पट्टा बनाएर घर जान सुझाएका थिए । अपराधखवरका अनुसार  एआईजीहरुले कुनै पनि हालतमा राजीनामा नदिने बरु अदालत जाने भन्दै सरकारलाई चुनौती दिदै आएका थिए । गत बुधवार शेरबहादुर देउवा सरकारले गरेको पछिल्लो निर्णय खारेज गरेको खबर फैलिएसँगै एआईजीहरुले राजीनामा बुझाएका हुन ।

राजीनामा दिने एआईजीहरूमा जानकीराज भट्टराई, निराकारमविक्रम शाह, सुबोधकुमार अधिकारी, खडानन्द चौधरी र राजेश श्रेष्ठ रहेका छन् । स्रोतका अनुसार उनीहरूले पूर्वएआईजीकै हैसियतमा रहन एवं विशिष्ट श्रेणीबापतको सेवा सुविधा पाउने उद्देश्यले सरकारको निर्णयभन्दा एक दिनअघिको मिति राखेर राजीनामा दिएका हुन् ।

उनीहरूको राजीनामापत्र आईजीपी खनालले बिहीबार नै गृह मन्त्रालयका निमित्त सचिव रामकृष्ण सुवेदीलाई बुझाएका छन् । उनीहरूको राजीनामा स्वीकृत हुन भने बाँकी नै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?