सिंहदरबारको मुख्य योजनाकार देउवाका साला प्रदिप राणा
सारांश
- काठमाडौं, माघ १७ ।
- जाँदाजाँदै प्रधानमन्त्री शेरबहादुर देउवाको ससुराली खलक र आफन्तले राज्यबाट लुट मच्चाउने अनेकौं खेल सुरु गरेका छन् ।
- विजय गच्छदारसँगै जितेन्द्रदेव कांग्रेस भइसके ।
काठमाडौं, माघ १७ । जाँदाजाँदै प्रधानमन्त्री शेरबहादुर देउवाको ससुराली खलक र आफन्तले राज्यबाट लुट मच्चाउने अनेकौं खेल सुरु गरेका छन् ।
विजय गच्छदारसँगै जितेन्द्रदेव कांग्रेस भइसके । उनैले सम्हालेको मन्त्रालय हो पर्यटन । जसअन्तर्गत नेपाल वायुसेवा निगमको रणनीतिक साझेदारका रुपमा जर्मन वायुसेवा कम्पनी लुफ्थान्सालाई भित्र्याउने अन्तिम चलखेल जारी छ ।
त्यसको एजेन्टको रुपमा भूमिका खेलिरहेका छन्, देउवाका साला प्रदिप राणाले । अहिले यही मामिलामा सचिव पनि फेरिएको छ ।
पर्यटनमा हुँदा शंकर अधिकारीले यसमा सहमतिमा माग गर्दै अर्थलाई पत्र पठाएका थिए । उनी अहिलेआफैं अर्थमन्त्रालय सम्हालिरहेका छन् । त्यसो हुँदा स्वंमले आफ्नै विगतको प्रस्तावमा ढिला नगरी सहमति दिने नै भए ।
त्यसमाथि कांग्रेसले नै रुचाएको मानछे परे । यो प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ । सँगसँगै उनीहरुको आँखा लागेको ठाउँ हो, अर्बौं बजेट भएका लुम्बिनी कोष ।
मंसिर १८ गतेदेखि त्यसमा सदस्यसचिव पद खाली छ । स्रोतका अनुसार धनले भ्यायो भने इँटा व्यवसायी लक्ष्मीप्रसाद महर्जन आउँछ । आजको जनआस्था साप्ताहिकमा खबर छ ।
प्रतिक्रिया