निर्मला हत्याकाण्डः दोषी पत्ता लगाउन माग गर्दै काठमाडौंमा प्रदर्शन

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १५, २०७५
|
|
१६ पटक हेरिएको
Shares
निर्मला हत्याकाण्डः दोषी पत्ता लगाउन माग गर्दै काठमाडौंमा प्रदर्शन

सारांश

  • काठमाडौं, मंसिर १५ ।
  •  कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डको दोषी पत्ता लगाउन माग गर्दै शनिबार काठमाडौंको माइतीघर मन्डलामा विरोध प्रदर्शन गरिएको छ ।
  • निर्मलाको हत्या भएको चार महिना बितिसक्दासमेत सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै र्‍यालीका सहभागीहरुले सरकारको चर्को आलोचना गरेका थिए ।

काठमाडौं, मंसिर १५ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डको दोषी पत्ता लगाउन माग गर्दै शनिबार काठमाडौंको माइतीघर मन्डलामा विरोध प्रदर्शन गरिएको छ ।

निर्मलाको हत्या भएको चार महिना बितिसक्दासमेत सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै र्‍यालीका सहभागीहरुले सरकारको चर्को आलोचना गरेका थिए । ‘सरकार भेटियो, न्याय भेटिएन’जस्ता प्लेकार्ड बोकेका उनीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

नागरिक समाजको अगुवाइमा निकालिएको र्‍याली माइतीघरबाट नयाँबानेश्वर पुगी समापन भएको थियो । निर्मला हत्याकान्डको दोषी पत्ता लगाउन विभिन्न समिति गठन गरिएपनि दोषी पत्ता लाग्न सकेको छैन ।

हत्याकान्डको छानबिनमा लापरबाही गरेको भन्दै कन्चनपुरका तत्कालीन उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई सेवाबाट बर्खास्त गरिएको छ भने अन्य ६ जना प्रहरी निलम्बनमा परेका छन् । गत साउन १० गते साथीको घरमा पढ्न गएकी निर्मला दोस्रो दिन स्थानीय उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?